Comments Add Comment

सहमतिको वातावरण बनाउन सभामुख घर्तीको प्रचण्डलाई आग्रह

आजै राष्ट्रपति र कांग्रेस सभापतिसँग छलफल गर्ने

५ साउन, काठमाडौं । सभामुख ओनसरी घर्तीले राजनीतिक सहमतिको बातावरण बनाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आग्रह गरेकी छिन् ।

prachanda_onsarIबिहानै प्रचण्ड निवास पुगेकी सभामुख घर्ती र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमतिमा संसदका गतिविधि अघि बढाउने विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घर्तीले दलीय सहमति भएमा सोही अनुसार संसदको कार्यसूची तय गर्न आफू तयार बताउँदै सहमति नभएका यसअघि सुचित कार्यसूचीलाईनै अघि बढाउन बाध्य हुने जानकारी प्रचण्डलाई गराएकी थिइन् ।

जवाफमा प्रचण्डले दलहरुबीच सहमतिको वातावरण बनाउन आफ्नो तर्फबाट प्रयास गर्ने जनाएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुखले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

बजेटसँग सम्वन्धित विधेयक पारित नभई अविश्वासको प्रस्तावमा छलफल हुन नसक्ने सत्तापक्षको अडान तथा अविश्वास प्रस्तावलाई पहिलो पेश गर्नुपर्ने कंग्रेस र माओवादी केन्द्रको अडानका कारण विवाद उत्पन्न भएपछि सभामुख घर्तीले सहमतिको पहल थालेकी हुन् ।

तस्वीरः प्रकाश दाहालको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment