५ साउन, काठमाडौं । सरकारले डा. गाविन्द केसीलाई अनसन स्थगित गरेर वार्तामा आउन आहृवान गरेको छ । साथै वार्ता गर्न टोली बनाएको छ ।
मन्त्रिपरिषद्को बुधबार साँझ बसको बैठकले वार्ता र सम्वाद गर्नमा आउन डा. केसीलाई आहृवान गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सञ्चारमन्त्री शेरधन राईले भने, ‘वार्ता र सम्वाद गर्न र अनसन तोडाउन स्वास्थ्य सचिव, शिक्षा सचिव र प्रधानमन्त्री कार्यालयका सचिव रहेको वार्ता टोली गठन गरिएको छ ।’
डा. केसीले स्वास्थ्य र शिक्षा सम्वन्ध मागहरु उठाएको र विगतमा पनि सहमति भएको भन्दै सरकारले विभिन्न आयोगको सिफारिसलाई ध्यानमा राखेर कार्यान्वयन सुरु बताएको छ ।
बैठकले पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश २०६९ खारेज गरेको छ । साथै यस अनुसार विभिन्न कम्पनीलाई दिइएको इजाजत खारेज गरेको छ ।
शान्ति समितिको म्याद थप एक वर्षलाई थप गरेको छ भने लोकसेवा सिफारिस अनुसार स्वास्थ्य सेवाको ११ औं तहमा विभिन्न नियुक्ति गरेको छ ।
प्रतिक्रिया 4