Comments Add Comment

विवाह अघि धेरै यौन पार्टनर हुनेको वैवाहिक सम्बन्ध दिगो

Close-up of beautiful young shirtless couple hugging while woman looking over shoulder of her boyfriend

विवाह गर्नुभन्दा अघि दुइ भन्दा बढि सेक्स पार्टनर हुनु अत्युत्तम हुने एक अध्ययनले देखाएको छ ।

हालैको एक अध्ययनपछि विज्ञहरुको यो निष्कर्षमा पुगेका हुन् । अध्ययन अनुसार बिहे अघि धेरै यौन पार्टनरहरु भएका महिलाहरुमा बिहे पछि सम्बन्ध विच्छेदको घटना कम पाइएको छ । बिहे अघि दुइ जनासम्म मात्र सेक्स पार्टनरहरु भएका महिलाहरुमा भन्दा तिन देखि नौ जनासम्म सेक्स पार्टनर भएका महिलाहरुमा डिभोर्सको दर निकै कम पाइएको छ ।

पारिवारिक अध्ययन सम्बन्धी एक अमेरिकी संस्थाले यो अध्ययन गरेको हो । अध्ययन अनुसार पछिल्लो समयमा विवाह बन्धनमा बाँधिएका युवतीहरुमा विवाह भन्दा पहिले नै यौन सम्पर्कको अनुभव बटुलेकाहरुको संख्या उच्च देखिएको छ ।

एक दशक अघि बिहे गर्दाका महिलामा भन्दा अहिलेका महिलामा बिहे अघि यौन सम्पर्क गर्नेको दर अति उच्च पाइएको छ । सन् १९७० को दशकमा २१ प्रतिशत अमेरिकी महिलाहरु भर्जिन अवस्थामै अर्थात् कुमारी अवस्थामै बिहे गर्दथे भने अहिले भर्जिन अवस्थामा बिहे गर्ने अमेरिकी महिलाहरुको संख्या केवल ५ प्रतिशत मात्र छ । अर्थात् सयमा ९५ जना अमेरिकी ै युवतीहरुले बिहे अघि नै यौन सम्पर्कको अनुभव गरिसकेका हुन्छन् ।

त्यस्तै पछिल्लो समयमा बिहे अघि केवल एक जनामात्र यौन पार्टनर भएका महिलाहरुको संख्यामा पनि गिरावट आएको छ । अर्थात् बिहे अघि नै धेरैजना पुरुषसँग यौन सम्पर्कको अनुभव बटुल्ने महिलाहरुको संख्या बढिरहेको छ । बिहे अघि केवल एकजना सँगमात्र यौन सम्पर्क गर्ने अमेरिकी महिलाहरुको संख्या सन् १९८० को दशकमा ५० प्रतिशत भन्दा बढि थियो भने त्यो अहिले घटेर २८ प्रतिशतमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment