+
+
Shares

आयो दीपिकाको हलिउड फिल्मको ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ६ गते ९:५९

deepikaमुम्बई । बलिउड नायिका दीपिका पादुकोणको हलिउड फिल्म ‘एक्सएक्सएक्स दि रिटर्न अफ जेण्डर केज’ को ट्रेलर रिलिज भएको छ ।

लामो समयदेखि यो फिल्मको चर्चा भारतमा हुँदै आएको थियो । यसै फिल्मवाट दीपिका पादुकोण हलिउडमा प्रवेश गरेकी छिन् ।

फिल्ममा दीपिकाको भुमिका सामान्य छैन । हलिउड नायक विन डिजलकै हाराहारीमा देखिएकी छिन् । दीपिकाले एक्सनको दृष्य समेत कुशलता पूर्वका निर्वाह गरेको चर्चा छ ।

यो फिल्म निर्माण सन २००२ मा सुरु भएको थियो । अहिले बनेको फिल्मको तेस्रो श्रृङ्खला हो ।

फिल्मको टे्रलर ट्वीटरवाट सार्वजनिक गर्दै दीपिकाले लेखेकी छिन् ‘बन्दुके युवति र दुनियाको विनास । जेण्डर केजको पहिलो ट्रेलर आयो’ । यो फिल्म भारतमा २० जनावरी २०१७ मा प्रदर्शन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?