+
+
Shares

प्रधानमन्त्रीले भने- विधेयक पास गरे पनि हुन्छ, फेल गरे पनि हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ६ गते १६:३२

KP-Sharma-Oli

६ साउन, काठमाडौं । सभामुख ओनसरी घर्तीको पहलमा बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

संसद बैठकको एजेण्डालाई लिएर प्रमुख दलहरु विभाजित भएपछि सभामुखले बिहीबार प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।

सभामुखकै कार्यकक्षमा बसेको बैठकमा कांग्रेस-माओवादी र एमाले नेताहरुले आ-आफ्नै अडान दोहोर्‍याएका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले असार २९ र ३१ गते संसदको बैठकको कार्यसूचीमा रहेको बजेटसँग सम्वन्धित तीन विधेयक कसरी हट्यो भन्ने प्रश्न गरेका छन् । कार्यसूचीमा रहेको विषय हट्न कुनै आधार चाहिन्छ कि चाहिँदैन भन्दै उनले प्रश्न गरे ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पहिलो तीन विधेयक संसदको एजेण्डा बन्नु पर्ने बताए । प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘चाहे पास गरिदिनुस्, चाहे फेल गरिदिनुस् तर, त्यसलाई एजेण्डा बनाउनुपर्छ ।’

कांग्रेस र माओवादी नेताहरुले भने अविश्वासको प्रस्ताव दर्ता भइसकेको भन्दै यसलाई अघि बढाउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?