+
+
Shares

सरकार छाड्न तयार छौं, चलखेल गर्ने कुनै योजना छैनः एमाले सचिव ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ७ गते १२:०२

Pradip Gyawali

७ साउन, काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडलले अघि सारेको प्रस्तावलाई प्रधानमन्त्रीले विचारणीय विषय भनेको एमालेका एक नेताले बताएका छन् ।

एमाले सचिव प्रदिप ज्ञवालीले पौडेलको प्रस्तावबारे पार्टीमा नेताहरुले छलफल गरिरहेको बताए । तीन दलको बिहीबारको बैठकमा पौडेलले प्याकेज सहमति गर्ने भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्रीले राजीनामा दिने उल्लेख छ ।

तर, कांग्रेस र माओवादीका नेताहरु भने प्रधानमन्त्री राजीनामा दिने पक्षमा नरहेको दाबी गर्छन् । र, पौडेलको प्रस्तावमा सहमति जुट्ने सम्भावना कम रहेको बताउँछन् ।

एमाले सचिव ज्ञवालीले भने आफूहरु यसै पनि सरकार छाड्ने तयारीमा रहेको बताए ।

माओवादीले समर्थन फिर्ता लिएपछि के गर्ने भन्ने छलफल गर्न नपाउँदै गम्भीर आरोप लगाएर अविश्वासको प्रस्ताव दर्ता गरेकाले त्यसको जवाफ दिनु आफूहरुको कर्तव्य भएको उनले बताए ।

उनले अघि भने, ‘सरकारमा रहेको ठूलो दलले समर्थन फिर्ता लिएपछि हामी सरकार छाड्ने तयारीमा नै छौं । सरकारमा बसिरहन चलखेल गर्ने कुनै योजना छैन ।’

उनले कांग्रेस नेताहरुले अनुमान गरे जस्तो विनियोजन विधेयक पास भए त्यसलाई सरकारको बहुमत भन्दै अदालत जाने एमालेको योजना नरहेको दाबी गरे । विधेयक पास गरेर अविश्वासको प्रस्तावमाथि छलफल सुरु गर्न सकिने भन्दै उनले भने, कानुनी उल्झन ल्याएर सरकार लब्याउने हाम्रो कुनै सोच छैन । यो बेकारको कुरा हो ।’ उनले अघि भने, यो कल्पना बाहिरको कुरा हो ।’

एमाले सचिव ज्ञवालीले एमाले नेतृच्वको सरकारले राम्रो काम गरिरहँदा राजनीतिक दाउपेच कमजोर पार्न खोजेकाले त्यसको राजनीतिक रुपमा नै प्रतिवाद गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?