काठमाडौं । भ्यालेन्सियाका पोर्चुगिज मिडफिल्डर आन्द्रे गोमेस ला लिगा च्याम्पियन बार्सिलोनामा आवद्ध भएका छन् ।
२२ बर्षीय पोर्चुगिज मिडफिल्डर गोमेसलाई बार्सिलोनाले करिव ५० मिलियन युरोमा सम्झौता गरेको स्पेनिस सञ्चारमाध्यमले जनाएपनि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन ।
दुई बर्षअघि पोर्चुगिज क्लव बेनफिकाबाट स्पेनको भ्यालेन्सिया आएका यी मिडफिल्डरले भ्यालेन्सियाबाट ७७ क्याप जितेका छन् । आवश्यक मेडिकल प्रक्रिया पूरा गरेपछि बार्सिलोनाले केहि दिनभित्रै उनलाई सार्वजनिक गर्नेछ ।
युरोपियन च्याम्पियन पोर्चुगिज टोलीका महत्वपूर्ण सदस्यका रुपमा रहेका गोमेजसहित बार्सिलोनाले यो सिजन भित्र्याएका खेलाडीको सङख्या ४ पुगेको छ । बार्सिलोनाले यसअघि ड्यानिएल स्वारेज, स्यामुएल उम्टिटी र लुकास डिग्नेलाई यसअघिनै भित्र्याइसकेको छ ।
प्रतिक्रिया 4