+
+
Shares

दीयासँग नजिक हुँदै अनुपविक्रम

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ७ गते १२:४९

diya pun in bir bikram
भदौ ३ गतेबाट रिलिज हुने चलचित्र ‘वीर विक्रम’को दोश्रो गीत सार्वजनिक भएको छ । ‘नजिक हुँदैछु’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार अनुपविक्रम शाही र दीया पुनलाई फिचर गरिएको छ ।

मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रले दर्शक हसाँउने र रुवाउने दाबी निर्माणपक्षको छ । यो गीतमा ताराप्रकाश लिम्बुको संगीत छ । तारासँगै प्रविशा अधिकारीको स्वरमा समावेश यो गीतमा निर्मल राइको शब्द छ । गीतलाई रेनशा राइले कोरियोग्राफी गरेकी हुन् ।

राम केसीको छायांकन रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन छ । चलचित्रमा दयाहाङ राई, अर्पण थापा, नाजिर हुसेन पनि मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?