+

पोग्वालाई भित्र्याउने होडबाट बार्सिलोना बाहिरियो

२०७३ साउन  ७ गते १६:१७ २०७३ साउन ७ गते १६:१७
पोग्वालाई भित्र्याउने होडबाट बार्सिलोना बाहिरियो

pogba-goal

काठमाडौं । स्पेनिस महारथी क्लव बार्सिलोना युभेन्टसका फ्रान्सेली सुपरस्टार पाउल पोग्वालाई आफ्नो क्लवमा भित्र्याउने दौडबाट बाहिरिएको छ । यो पुष्टि बार्सिलोनाका निर्देशक एरिडो ब्राइडाले गरेका हुन् ।

उनले भनेका छन् कि स्पेनिस जाइन्ट बार्सिलोना म्यान्चेस्टर युनाइटेडले प्रस्ताव गरेको पारिश्रमिकदेखि डराएको छ । युनाइटेडले १०५ मिलियन पाउण्डको प्रस्ताव गरेको छ र संभवतः आफ्ना पूर्व मिडफिल्डरसँग उसले नयाँ सम्झौता गर्न सक्छ ।

पोग्वाले सन् २००९ देखि २०१२ सम्म तीन बर्ष म्यान्चेस्टर युनाइटेडमा विताएका थिए । अहिले उनी सिरि ए च्याम्पियन युभेन्टसबाट कीर्तिमानी रकममा ओल्ड ट्राफोट फिर्ता हुने अन्तिम तयारीमा छन् ।

अर्को स्पेनिस महारथी रियल मडि्रडपनि पोग्वालाई आफ्नो बनाउने प्रतिष्पर्धामा छ । रियलले उनलाई भित्र्याउने दौडबाट आफुलाई बाहिर निकालिसकेको छैन ।

डाइरेक्टर ब्राइडा मान्छन् कि पोग्वालाई नाउ क्याम्प भित्र्याउन बार्सिलोना उत्सुक थियो तर उनले जोड दिएर भने कि उनलाई भित्र्याउन यति ठूलो रकम खर्च गर्नुपर्नाको औचित्य हामीले पुष्टि गर्न सकेनौं ।

उनले भने, ‘प्रष्ट रुपमा जव तपाई कसैको लागि १०० मिलियन पाउण्डभन्दा बढी खर्च गर्न जाँदै हुनुहुन्छ तपाईले उनीमाथि प्रतिबिम्बित हुनु जरुरी हुन्छ ।’ उनले थपे, ‘पोग्वा कस्ता हुन् हामीलाई राम्रोसँग थाहा छ, उनले आफुलाई निक्कै शक्तिशाली रहेको प्रमाणित गरिसकेका छन्, त्यसैले त बार्सिलोना उनीप्रति उत्सुक थियो ।’

डाइरेक्टर ब्राइडाले स्पष्टसँग भनेका छन् ‘तर पछिल्लो समय जुन किसिमको गतिशिल घटनाक्रमको बिकास भयो, हामीले उनलाई लिनसक्ने निश्चित बिन्दूभन्दा माथि उनको आंकडा पुगेको छ त्यसैले हामी यो दौडबाट बाहिरिएका हौं ।’

पाउल पोग्वा बार्सिलोना म्यान्चेस्टर युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय