+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपथ्यको नयाँ गीत ‘कोशीको पानी यो जीन्दगानी’

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ७ गते १८:१२
Amrit-Gurung
डिल्ले दमार्इसँग नेपथ्यका प्रमुख गायक अमृत गुरूङ

७ साउन, काठमाडौं । मुलुकका बिभिन्न भागमा पुगेर संकलन गरिएका गीत र केहि परिचित कविहरुको सृजना समेटेर चर्चित नेपाली व्याण्ड नेपथ्यले नयाँ गीत सार्वजनिक गरेको छ ।

पूर्वी नेपालको संखुवासभाबाट संकलन गरिएको लोकलय ‘हाक्पारे’मा आधारित नेपथ्यको नयाँ गीत ‘कोशीको पानी यो जीन्दगानी’ आज सार्वजनिक गरिएको हो ।

संखुवासभाका चैनपुर निवासी वृद्ध डिल्ले दमाईका माध्यमबाट नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले यसको संकलन गरेका हुन् । चार वर्षअघि धुलिखेल नजिकैबाट पैदलयात्रा सुरुगरेका अमृतले सँधै झैँ धुनहरुको खोजीगर्दै दुर्गम मार्गभएर पूर्वी नेपाल घुमेका थिए । त्यसैक्रममा चैनपुर पुगेकोबेला डिल्ले दमाई भेटिएका थिए ।

‘अग्रज संगीतकर्मीहरु रामेश र मञ्जुलले कुनैबेला तय गरेको त्यो बाटोमा मैले धेरै नयाँ-पुराना कुराहरु अनुभव गर्न पाएँ,’ गायक अमृत भन्छन्, ‘यात्रा अन्त्यमा पुगेको बेला भेटिनुभएका डिल्ले दमाई दाइका माध्यमबाट पूर्वी नेपालका थुप्रै लोकलयहरुसँग परिचित हुने मौका पनि मिलेको थियो ।’

‘परिचित संगीतज्ञदेखि लिएर बाटोमा सारंगी बजाउँदै हिँड्ने गाइनेदाइसम्मलाई मैले गुरुका रुपमा ग्रहण गरेको छु,’ अमृतले भने, ‘गुरु पूणिर्माको छेक पारेरै सार्वजनिक भएको यो हाक्पारे गीत म मेरा अर्का गुरु डिल्ले दमाई दाइमा समर्पित गर्न चाहन्छु।’

लामो अन्तरालपछि ‘वान टेक रेकर्डिङ’ प्रविधि अपनाइएको कारण पनि नेपथ्यको यो दसौं अल्बम संगीत पारखीका निम्ति विशेष रहनेछ । डिजिटल ट्रयाक रेकर्डिङ सुविधा आउनुअघिको यो प्रविधिमा गायक र वाद्यवादकले एकसाथ गाउँदा गाउँदै र बजाउँदा बजाउँदै एकैपटक रेकर्ड सम्पन्न गरिन्छ ।

‘दसौं अल्बमका अरु गीतहरु जस्तै यस हाक्पारेको पनि रेकर्डिङ यसै प्रविधिबाट सम्पन्न भएको हो,’ नेपथ्यको संयोजन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसमा प्रयोग गरिएको भिडियोमा भने गत वर्ष दुबईमा आयोजना भएको कन्सर्टका दृश्यहरु समावेश गरिएको छ ।’

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?