Comments Add Comment

जसले केपी ओलीलाई प्रधानमन्त्री बनाए, उनैले हटाउँदैछन्

Pushpakamal-Dahal-Prachand-in-Parliament-Meeting

७ साउन, काठमाडौं । नौ महिना केही दिन अघि व्यवस्थापिका संसदको रोष्टममा उभिएर माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए ।

शुक्रबार तीनै प्रचण्ड रोष्टममा उभिए र, ओलीलाई प्रधानमन्त्रीबाट हटाइयोस् भनेर अविश्वासको प्रस्ताव पेश गरेका छन् । प्रस्ताव पेश गर्दै प्रचण्डले भने, ‘मैले त्यति बेला भनेको थिएँ कि राजनीति सम्भावनाहरु खेल हो । आज पनि भन्छु कि राजनीति भनेको सम्भावनाको खेल हो ।’

माओवादीले कांग्रेससहितका दलहरुसँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । प्रस्तावको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् र आन्दोलनमा रहेको मधेसी मोर्चाले पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने घोषणा गरिसकेको छ ।

अविश्वासको प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्तीले तीन दिनको समय तोकेकी छन् । छलफलको अन्त्यमा प्रधानन्त्री ओलीले जवाफ दिने छन् र प्रस्तावमापथि मतदान हुनेछ ।

यदि कुनै ठूलै उपलपुथल भएन भने संसदले ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले पास गर्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment