७ साउन, काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा अर्थमन्त्री विष्णु पौडेल र नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालबीच घोचपेच चलेको छ ।
ऋण तथा जमानत २१ औं संशोधन विधेयकमाथिको छलफलका क्रममा कांग्रेस नेता रिजालले बहसलाई राष्ट्रियतासँग जोडे ।
राष्ट्रियताको चर्को कुरा गर्ने सरकारले ३०२ अर्ब वैदेशिक ऋणको लिने कुरा गरेको भन्दै उनले कहाँ गयो देशभक्ति भन्ने प्रश्न गरे । उनले हरेक दिन हात थापेर मागेर राष्ट्रियता बलियो नहुने बताए ।
छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा एमाले नेता समेत रहेका अर्थमन्त्री पौडेलले रिजाललाई जवाफ दिए । देशभक्तिको कुरा गर्दा कसैलाई त्यसमा पनि जनताको प्रतिनिधिलाई किन दुख्छ भन्दै उनले प्रतिप्रश्न गरे ।
देशभक्तले ऋण नै लिँदैन भन्ने नभएको भन्दै उनले भने, ‘भोलि पनि सरकार त बन्ला ? ऋण नलिएर नै चल्छ ? सरकारले लिएको राजश्वको लक्ष्य पनि महत्वाकांक्षी भनेको भन्दै उनले स्वदेशी र विदेशी ऋण नलिएर कसरी देश विकास गर्नु हुन्छ भनेर उनले प्रतिप्रश्न गरेका छन् ।
यदि कसैले आन्तरिक र विदेशी ऋण नलिएर नै देश चलाउँछ भने आफू आफ्नो पार्टी त्यागेर उनको पछि लाग्न तयार रहेको पौडेलले घोषणा गरे ।
प्रतिक्रिया 4