+
+
Shares

शान्तिवाटीकाबाट विप्लव माओवादीका नेता-कार्यकर्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ९ गते १७:०९

९ साउन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीका पोलिटव्युरो सदस्य इश्वरी दाहाल ‘असारे काका’ लगायतका नेता-कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

Asare-Kaka
इश्वरी दाहाल ‘असारे काका’

काठमाडौंको शान्तिबाटीकामा आइतबार साँझ विरोध कार्यक्रम गरिरहेका बेला प्रहरीले तीन दर्जन नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको विप्लव माओवादीले जनाएको छ ।

सर्लाहीलगायतका जिल्लाहरुमा सुकुम्बासीहरूमाथि सरकारले दमन गरेको भन्दै विप्लव माओवादीले विरोध प्रदर्शन गर्दै आएको छ ।

पक्राउ पर्नेहरुमा केन्द्रीय सदस्य पुरुषोत्तम सापकोटा, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी सचिव धेरेन्द्रा उपाध्याय ‘भृकुटी’, राजु कार्की, रत्न मगर, हिरा शाही, पूर्ण श्रेष्ठ, प्रेम ढकाल, ओम बुढा, हुकुम खड्का, दिलिप थापालगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?