+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १० गते ०:१०

Primeministe KP-Sharma-Oli-Resignation

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् । राष्ट्रपतिसमक्ष राजीनामा पेश गरिसकेको प्रधानमन्त्री ओलीले सदनलाई जानकारी दिएका छन् ।

एमाले अध्यक्ष समेत रहेका ओली गत असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

नयाँ सरकार गठनका लागि कुनै अवरोध नहोस् भनेर बाधा अड्काउ फुकाउका लागि सिफारिस गरेको उनले संसदलाई जानकारी दिए । उनले भने ‘यसले नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खुला गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?