९ साउन,पर्सा। वीरगन्जका उद्योगपति तथा व्यापारीलाई फोनबाट धम्की दिँदै रकम माग गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको छ ।
फोनबाट धम्की दिँदै रु २० लाख माग गरेको अभियोगमा प्रहरीले पर्साको हरिहरपुर गाविस–३ निवासी सुरेश रामलाई प्रहरीले पक्राउ गरेको हो ।
मोबाइल नं ९८२११४३३१५ बाट वीरगन्जका व्यपारीलाई धम्की दिई रकम मागेका उनलाई फोन ट्र्याकिङ गरी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक होवन्द्र बोगटीले जानकारी दिए ।
रामलाई अपरहण मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धानलाई अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4