१० साउन, काठमाडौ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका डा. गोविन्द केसीले सोमबार अनशन तोडेका छन् ।
उनी चिकित्सा शास्त्र क्षेत्र सुधारका बिभिन्न माग राख्दै १६ दिन अघि अनशन बसेका थिए ।
आइतबार साँझ सरकार र केसीबीच चार बुँदे सहमति भएपछि सोमबार अनसन अन्त्य भएको हो । डा. केसीले शिक्षण अस्पतालमा उपचाररत हाडजोर्नीका विरामी पाँच वर्षीय सरोज नेपाल, भिक्षु थोवाङ नोर्बु लामा र अनितादेवी महतोको हातबाट जुस पिएर अनशन तोडेका छन् ।
हाडजोर्नी रोगका विशेषज्ञ डा. केसीलाई सरकारी वार्ता टोलीका संयोजक एवम् स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्र उप्रेतीले पनि जुस पिलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4