+
+

नेपालको आन्तरिक परिस्थितिमा हुने परिवर्तनले दुई देशको सम्वन्धमा असर गर्दैनः चीन

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ११ गते १९:३४

China-Flag

११ साउन, काठमाडौं । चीनले नेपालको आन्तरिक परिस्थितिमा आउने  परिवर्तनले दुई देशको सम्वन्धमा कुनै असर नगर्ने बताएको छ ।

नेपालमा सरकार परिवर्तनको प्रयाससँगै चीनसँग भएको सम्झौतालाई लिएर चिन्ता व्यक्त भइरहेको बेला बेइजिङको यस्तो वक्तव्य आएको हो । साथै उसले नेपालमा सबै राजनीतिक देशले देशको हितलाई पहिलो प्राथमिकता दिने विश्वास व्यक्त गरेको छ ।

चीनको विदेश मन्त्रालयले नेपालका सबै राजनीतिक दलहरु देशमा विकास र विकासमा समर्पित गर्ने आशा व्यक्त गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

नेपाल र चीन सुख र दुःखमा एकसाथ रहेको भन्दै चीनले भनेको छ, राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिहरुमा परिवर्तन आएपनि नेपाल र चीनबीचको सम्वन्ध र आपसी हितका लागि हुने सहकार्यमा कुनै परिवर्तन आउने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?