+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

यी लक्षण देखिएमा बुझ्नुहोला तपाइँमा फेसबुकको लत लागेको छ

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७३ साउन ११ गते ११:१९

facebook

अल्जेरियामा एउटा विशेष क्लिनिक खुलेको छ जसले फेसबुकका अम्मलीहरुको लत छुटाइदिन्छ । फेसबुकको लतमा फसेकाहरुको लत छुटाउनका लागि दक्षिण कोरियामा पनि यस्ता क्लिनिक  पहिले खुलिसकेका छन् ।

अहिले के युवा, के पाका, सबै मानिसहरु फेसबुकको लतमा नराम्ररी फसिरहेका छन् । यस्तोमा फेसबुकको लत छुटाउने र पुनस्र्थापना गर्ने क्लिनिकहरु निकै महत्वपूर्ण बनिरहेका छन् ।

फेसबुक जस्ता सोसल साइटहरुको अधिक प्रयोगले गर्दा मानिसमा विभिन्न खाले शारीरिक तथा मानसिक स्वास्थ्य समस्या निम्त्याउने विभिन्न अध्ययनहरुले देखाएका छन् । यदि तपाइँले फेसबुकलाई आफ्नो फोन तथा ब्राउजरको होमपेज बनाएर राख्नुभएको छ भने सचेत हुनुहोस् की तपाइँ फेसबुकका लतमा पर्नुभएको छ ।

यदि तपाइँले आफ्नो फेसबुक वालमा दिनमा ४।५ वटा स्टाटस हाल्नुहुन्छ भने बुझ्नुहोस् की तपाइँमा फेसबुकको भयंकर रोग लागिसकेको छ ।

फेसबुकमा तपाइँका यस्ता सयौँ साथीहरु ब्नेका छन् जसलाई न त तपाइँले चिन्नुहुन्छ, न त कहिल्यै भेट नै भएको छ । यदि यस्ता अपरिचितहरुको भिड तपाइँको फेसबुके साथीको सूचिमा बढिरहेको छ भने बुझ्नुहोस् की तपाइँ फेसबुकको कब्जामा परिसक्नुभएको छ ।

तपाइँले कुनै काम गरिरहनुभएको छ तर कामको बीच बीचमा तपाइँले आफ्नो फेसबुक हेरिरहनुपर्छ र फेसबुकको यादले सताउँछ भने तपाइँले बुझ्नुपर्छ की तपाइँलाई फेसबुक नामको गम्भीर रोग लागिसकेको छ ।

यदि तपाइँ हरेक दिन आफ्नो फेसबुक प्रोफाइल बदल्नुहुन्छ भने पनि तपाइँ आफु फेसबुको लतमा फसेको ठहर गर्दा हुन्छ ।
फेसबुकमा यदि तपाइँ १० भन्दा धेरै ग्रुपको मेम्बर हुनुहुन्छ भने तपाइँले फेसबुक रोग लागिसकेको भनेर बुझ्दा हुन्छ ।

कतिपय मानिस त यस्ता हुन्छन् जसले फेसबुकमा आफुतर्फ अरुको ध्यान तान्नका लागि आफ्नो वैवाहिक स्थिति पनि लगातार बदलिरहन्छन् । यदि यस्तो तपाइँ पनि गरिरहनुहुनछ भने बुझ्नुहोस् तपाइँमा फेसबुक रोग छिरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?