Comments Add Comment

एपीएफले जित्यो महिला राष्ट्रिय च्याम्पियनसीपको उपाधि

APF-Cricket-Team

११ साउन, काठमाडौं । महिला राष्ट्रिय च्याम्पियनसीपको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल भिडन्तमा एपीएफले पूर्वाञ्चललाई १० रनले पराजित गरेको हो । उपाधिसँगै उसले एक लाख रुपैयाँ हात पारेको छ । उपविजेता पूर्वाञ्चलले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गरेको एपीएफले एक विकेट गुमाएर ६४ रन बनायो । उसका लागि सीता राना मगरले अविजित २९ र सरिता मगरले अविजित २२ रनको योगदान दिइन् । ज्योती पाण्डेले ८ रन बनाइन् ।

जवाफमा मैदान उत्रिएको पूर्वाञ्चलले ५ विकेट गुमाएर ५४ रन मात्र बनाउन सक्यो । उसका लागि रुविना क्षेत्रीले अविजित १६ रन बनाइन् भने रश्मी शर्माले १२ रन जोडिन् ।

प्रतियोगितामा सब्नम राई उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याट्सम्यान लक्ष्मी चौधरी, उत्कृष्ट बलर सन्तोषी चौधरी घोषित भइन् । उनीहरुले ५/५ हजार पाएका छन् ।

सरिता मगर प्लेयर अफ दि टुर्नामेन्ट बनिन् । उनले १० हजार हात पारेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment