Comments Add Comment

अफ ग्रिड उर्जा प्रवर्द्धनका लागि एनसेलको सहकार्य

स्थानियलाई ऊर्जा, मोबाइल सेवाको सुनिश्चितता

११ साउन, काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले अफ ग्रिड पावर प्रवर्द्धनका लागि नयाँ सहकार्यको शुरुवात गरको छ । यो सहकार्यले बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेका खोटाङ र उदयपुर जिल्लाका दुर्गम गाउँहरुमा सौर्य लघु ग्रीड परियोजनाका माध्यामबाट स्थानियबासीलाई उर्जा र सञ्चारका लागि मोबाइल सेवा सुनिश्चित हुनेछ ।

यसका लागि एनसेलले घाम पावर प्रालिसँग सम्झौता गरेको छ । सम्झौता अनुसार घाम पावरद्वारा ओखलढुङ्गा र खोटाङमा स्थापना गरिएको तीन सौर्य लघु Ncell-Logoग्रिडहरुबाट उत्पादित सौर्य उर्जाको एङ्कर लोड लिन एनसेल प्रतिबद्ध छ । जसले गर्दा घाम पावरको यो अफ ग्रिड सिस्टमलाई लागु गर्न र दिगोपना दिन व्यावसायिक रुपमा सम्भव भएको हुनेछ ।

यी लघु ग्रिडहरुस्ँंग सौर्य उर्जा आपुर्तिको थप क्षमता पनि भएको हुनाले यो सहकार्यले स्थानिय समुदायहरुको विद्युतीकरणमा योगदान बाहेक नयाँ आर्थिक र सामाजिक लाभका अवसरहरुको पनि सिर्जना गर्दछ ।

सरकारको वैकल्पिक उर्जा प्रवर्धन केन्द्रसँगको सहकार्यमा घाम पावरले एसियाली विकास बैंकको इनर्जी फर अल प्रोग्राम अन्र्तगत अनुदान सहगोय प्राप्तगरी यो सौर्य लघु ग्रिडको निर्माण गरेको हो । डिओइएन फाउन्डेशन र एनएमबि बैंकले पनि यो परियोजनामा सहयोग गरेका छन् ।

मोबाइल कम्पनीहरुको विश्वव्यापी संगठन जिएसएमएले पनि घाम पावरलाई मोबाइल टावर, स्थानिय समुदाय र व्यवसायीक गतिविधीहरुका लागि उर्जा आपुर्ति गर्न सहगोग गर्ने हेतुले सौर्य लघु ग्रिड स्थापनार्थ गत वर्ष ‘मोबाइल फर डेभलपमेन्ट युटिलिटिज् इनोभेसन्स् ग्रान्ट’ अर्थात बीउ पुँजी प्रदान गरेको थियो ।

यही सहकार्य अन्र्तगत, एनसेलले खोटाङ्को च्यास्मिटार गाविसको बनपालामा र उदयपुरको लेखानि गाविसको घुर्मिमा गरी दुईवटा सौर्य उर्जाबाट संचालन हुने मोबाइल टावर स्थापना गरिसकेको छ । यी टावरहरुले खोटाङ् र उदयपुर जिल्लाका ३१ गाविसहरुमा बसोबास गर्ने मानिसहरुलाई मोबाइल सेवाको पहुँच दिएको छ ।

‘अग्रणी सेवा प्रदायक र जिम्मेवार कर्पोरेट नागरिक भएका नाताले, हामीले यसमा सबैलाई फाइदा हुने वातावरणको सिर्जना गर्दै विकट ग्रामीण समुदायको लाभका लागि यो अफ ग्रिड पावर सोलुसन्स्को प्रयास थालेको छौं’ एनसेलका आईसीटी निर्देशक आन्द्रास पालीले बताए ।

घाम पावरसंगको यो सहकार्य एकदमै नौलो शुरुवात हो । एनसेलले अहिलेसम्म राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेका ठाँउहरुमा दुरसंचार सेवामा पहुँच पुर्याउनका लागि आफै सौर्य उर्जामा लगानी गर्दै आईरहेको छ ।

हालसम्म कम्पनीको नेटवर्कमा ५.७७ प्रतिशत पूर्णरुपमा सौर्य उर्जामा संचालन हुने टावर रहेको छ भने थप ८.५ प्रतिशतमा सोलार व्याकअफ सहितको हाइब्रिड पावर सोलुसन्सबाट चल्ने टावर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment