+

औषधि लिमिटेडका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्रीका लागि पहल सुरु

२०८२ वैशाख  ३० गते १७:२७ २०८२ वैशाख ३० गते १७:२७
औषधि लिमिटेडका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्रीका लागि पहल सुरु

काठमाडौं । नेपाल औषधि लिमिटेडले उत्पादन गरेकोसुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउनका लागि स्वास्थ्य मन्त्रालयले सहिजकरण गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसका लागि पहल थालेका छन् ।

नेपाल औषधि लिमिटेडले उत्पादन गरेको सिटामोल, जीवनजल लगायतका औषधि बिक्री नभएको गुनासो आएको थियो । सरकारी कम्पनीले उत्पादन गरेका औषधि सरकारी स्वास्थ्य संस्थाले नै खरिद नगर्दा समस्या भएको लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरूले केही दिनअघि गुनासो गरेका थिए ।

यही गुनासोपछि मन्त्री पौडेलले तीनै तहका सरकारी स्वास्थ्य संस्थामा ती औषधी बिक्रीका लागि कसरी सहजीकरण गर्ने भनेर वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीहरुसँग छलफल गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल औषधी लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपाने,महाप्रबन्धक कैलाशकुमार पनेरु समेत सहभागी थिए ।

छलफलपछि सरकारी स्वास्थ्य संस्थामा औषधि प्राप्त गर्ने वातावरण मिलाउन भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लिमिटेडलगायतका अधिकारी रहने गरी समिति गठन गरिएको छ ।

आम नागरिकलाई सुपथ मूल्यमा उपलब्ध हुने औषधि प्राप्तिको निरन्तरताका लागि पनि लिमिटेडको उत्पादन निरन्तरता हुनु जरुरी रहेको स्वास्थ्य मन्त्री पौडेलले बताए । सरकारी स्वास्थ्य संस्थामा अनिवार्य उपलब्ध हुनुपर्ने ९८ प्रकारका औषधिका लागि समेत उद्योगबाट खरिद गर्न सकिने विकल्पका लागि गृहकार्य अघि बढाएको मन्त्री पौडेलले जानकारी दिए ।

मन्त्रालयमा सम्पन्न बैठकपछि लिमिटेडका उत्पादन तीनै तहका सरकारी स्वास्थ्य संस्थामा प्राप्ति गर्ने वातावरण मिलाउन सहजीकरणका लागि भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लिमिटेडलगायतका अधिकारी रहने गरी समिति गठन भएको छ ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल औषधी लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपाने,महाप्रबन्धक कैलाशकुमार पनेरु समेत सहभागी थिए ।

समितिको सुझावका आधारमा आवश्यक निर्णय गरेर अघि बढिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

‍औषधि नेपाल औषधि लिमिटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय