+
+
Shares

सिड्नीमा तीज धमाका हुने

राजन घिमिरे राजन घिमिरे
२०७३ साउन १३ गते ९:३२

sydne_teejजुलाई ३० तारेखका दिन सिड्नीमा सांगितीक कार्यक्रम तीज धमाका हुने भएको छ । कार्यक्रममा सहभागि हुन चर्चित लोक गायक पशुपति शर्मा र मन्जु पौडेल सिड्नी आईपुगेका छन् ।

बुधबार सिड्नी झरेका यी कलाकारको एअरपोर्टमा भब्य स्वागत गरिएको थियो -‘ कार्यक्रमले सांच्चिनै नयां जोश र उत्साह ल्याउने छ -‘ आयोजक बिरेन्द्रदीप मल्लले बताए ।

यता अष्ट्रेलियामा कार्यक्रम गर्न धेरैपटक आएता पनि यसपटक भने आफू सिड्नीबासीबिच नयां प्रस्तुति लिएर आएको कुरा बताए गायक पशुपति शर्माले ।

गायिका मन्जु पौडेल पनि निकै दंग देखिएकी छिन् -‘ यस पटकको तीजको सांगितिक यात्रा सिड्नीबाट शुरू भएको छ । अब मच्चिन्छ तहल्का -‘ उनले भनिन् ।

कार्यक्रममा पशुपति र मन्जुको अलावा सिड्नीमा नै रहेका गायक नरेश रेग्मीले पनि सांगितिक प्रस्तुति पस्कने छन । बरिष्ठ गायकहरूसंग मिलेर गित गाउन पाएकोमा रेग्मीले पनि प्रसन्नता ब्यक्त गरे ।

लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?