१४ साउन,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लमजुङको उदिपुरमा रहेको आफ्नै स्वामित्वको जग्गा भोगचलन गर्न २ करोड ३७ लाख बजेट खर्च गर्नुपर्ने भएको छ ।
२२० केभीको मर्स्याङदी करिडोर सवस्टेसन बनाउन आफ्नै नाममा रहेको जग्गा सेनाबाट फिर्ता पाउन यो रकम खर्च गर्नुपरेको हो ।
प्राधिकरण सञ्चालक समितिको बैठकले यो रकम खर्चने निर्णय गरिसकेको आजको कारोबार दैनिकमा समाचार छ ।
७० मेगावाटको मस्र्याङदी जलविद्युत आयोजना निर्माणका लागि खरिदन गरेको जग्गामा नेपाली सेनाले खेलकुद मैदान बनाएको छ ।
सोही जग्गा सवस्टेसनका लािग आवश्यक परेपछि सवकल्पमा अर्कै स्थानमा खेल मैदान बनाइदिन २ करोड ३७ लाख बजेट छुट्याइएकेा हो ।
प्राधिकरणको बुधबार बसेको ७ सय ३४ औं बैठकले अर्को खेलकुद मैदानका लागि उर्जा मन्त्रालयमार्फत रक्षा मन्त्रालयलाई आवहृश्यक २ करोड ३७ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4