+
+
Shares

गच्छादारका कारण कांग्रेस माओवादी गठबन्धनमा विवाद !

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १५ गते ७:०४

Bijay-Gachhadar१५ साउन, काठमाडौं । अविश्वासको पक्षमा बहुमत पुग्ने निश्चित देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छाडेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको विषयलाई लिएर कांग्रेस-माओवादी केन्द्र गठबन्धनमा विवाद चर्किएको छ ।

ओली सरकारविरुद्ध सुरुदेखि नै साथ दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गच्छदारलाई नल्याउने सहमतिविपरीत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा पूर्ववत् पद दिएर सहभागी गराउने सहमति गरेपछि दुई दलबीच विवाद बढेको आजको राजधानी दैनिकमा समाचार छ ।

प्रचण्डले बिहीबारको बैठकमा सरकारमा सहभागी हुन र उपप्रधानमन्त्रीसहित पुरानै मन्त्रालय लिन गच्छदारलाई प्रस्ताव गरेपछि कांग्रेस नेताहरुले आपत्ति  जनाएका छन् । कांग्रेसले फोरम लोकतान्त्रिलाई सरकारमा सहभागी गराउन नहुने बताएको छ ।

प्रचण्ड जसरी पनि सहभागी गराउने र कांग्रेस ल्याउनै नहुने अडानमा रहेपछि विवाद बढेको एक नेताले बताए ।

गच्छदार भने जसरी पनि सरकारमा सहभागी भई मधेसी मोर्चालाई बाहिर धकेल्ने योजनामा रहेका छन् ।

देउवाले आफ्नो सहमतिविना जथाभावी आश्वासन नदिन प्रचण्डलाई चैतावनी नै दिनुपरेको कांग्रेसका एक नेता बताउँछन् ।
गच्छादारको सट्टा मधेसी मोर्चालाई सरकारमा ल्याउन कांग्रेसले गृहकार्य गरिरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?