Comments Add Comment

मध्यपहाडी लोकमार्गका दर्जनौं स्थानमा पहिरो, तीन दिनदेखि यातायात अवरुद्ध

pahiro

१६ साउन, पाँचथर । अविरलको वर्षाले झरेको पहिरोका कारण तीन दिनदेखि अबरुद्ध मध्यपहाडी लोकमार्गको पाँचथर र तेह्रथुम खण्ड अझै खुल्न सकेको छैन ।

अविरल वर्षासँगै पाँचथरको फिदिम ५ सगरखण्डे क्षेत्रमा मात्रै आधा दर्जनभन्दा बढी स्थानमा पहिरो गएको पाँचथरका प्रहरी प्रमुख डिएसपी कृष्णप्रसाद कोईरालाले बताए ।

पहिरो गएर सडक अवरुद्ध भएपछि तेह्रथुमको चुहानडाँडा र संक्रान्ती बजारबाट पाँचथरको सदरमुकाम फिदिमहुँदै ईलाम र झापाको विर्तामोडतर्फ हिँडेका यात्रीहरु बाटोमै अलपत्र परेका छन् भने कोहि पैदल यात्रा हिडेर फिदिमसम्म पुगेका छन् ।

pahiro_lokmarga

च्याङथापु र ओयाम क्षेत्रमा पनि दर्जनभन्दा धेरै स्थानमा पहिरो र ढिस्कोले बाटो अवरुद्ध गराएको प्रहरीको भनाइ छ । पहिरो पन्छाउन प्रहरी सहितटोलि परिचालन भए पनि ठूला ढुङ्गा झरेकाले पन्छाउन समय लागेको डिएसपी कोईरालाले बताए । मौषम राम्रो भए आज साँझ सम्ममा सडक खुलाउने प्रयास गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment