Comments Add Comment

भारतको बिजुली काठमाडौं ल्याउँन समस्या

electric-line

१७ साउन, काठमाडौं । पाँच महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीमा स्वीच थिचेर ८० मेगावाटको विद्युत आयातको शुभारम्भ गरे ।

ढल्केबर-मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल ल्याइने यो बिजुली आयातको खबरले लोडसेडिङ घट्ने भयो भनेर काठमाडौंवासी धेरै खुसी भए पनि अझै यो बिजुली काठमाडौं आइपुगेको छैन ।

आगामी हिउँददेखि २ सय मेगावाट र दुई वर्षभित्र ६ सय मेगावाट बिजुली ल्याएर लोडसेडिङ घटाउने सरकारी योजना छ, तर त्यो बिजुली काठमाडौं ल्याउन अझै प्रसारण लाइन भने बनिनसकेको आजको कारोबार दैनिकमा समाचार छ ।

विद्युत प्राधिरकणका अधिकारीहरुका अनुसार काठमाडौंसम्म बिजुली ल्याउन द्विपक्षीय प्रणालीको सिंक्रोनाइज र व्यावसायिक सम्झौताभन्दा पनि ठूलो समस्याको रुपमा प्रसारणलाइन निर्माण देखिएको छ ।

ढल्केबर-मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत बिजुली ल्याउनका लागि सबैभन्दा पहिला ढल्केबर सबस्टेसन निर्माण हुनुपर्छ तर त्यो अझै निर्माण भइसकेको छैन ।

आगामी डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएपनि प्राधिकरणका अधिकारीहरु पूरा हुन कठिन रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment