+
+
Shares

पोखरामा डीडीसीलाई दूग्ध प्लान्ट राख्न कसले रोक्यो ?

डेरी उद्योगी भन्छन्-हाम्रो लगानी डुब्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १७ गते १५:४३

DDC-milk

१७ साउन, काठमाडौं । काठमाडौंपछिको दोस्रो ठूलो बजार पोखरामा दूग्ध विकास संस्थान (डीडीसी) ले आफ्नै प्लान्ट स्थापना गर्ने तयारी गरेको ४ वर्ष बितिसक्यो । तर, डिडीसीले पोखराको खुला बजारमा प्रवेश गरेर निजी डेरीसँग प्रतिस्पर्धा गर्ने अनुमति अझै पाएको छैन ।

डिडीसीले प्लान्ट स्थापनाका लागि सरकारसँग लामापाटनस्थित पशु विकास फार्मको २० रोपनी जग्गा मागेको छ । तर, निजी डेरी उद्योगी र व्यवसायीको बिरोधका कारण सरकारले डीडीसीलाई पोखरा जान सक्ने गरी जग्गा दिएको छैन ।

व्यवसायीहरुले आफ्नो लगानी नै जोखिममा पर्ने गरी डिडीसीको नयाँ प्लान्ट स्थापना गर्न नदिने अडान लिएका छन् । यसअघि नै १७ डेरी उद्योगले पोखरमा प्लान्ट स्थापना गरिसकेका छन् ।

डेरी उद्योगीले डिडीसी पोखरामा आए आफ्नो बजार नराम्रोसँग प्रभावित हुने भन्दै लामो समयदेखि विरोध गरिरहेका छन् । उनीहरुले डीडीसीलाई आफ्नै बलबुँतामा पोखरा आएमात्र स्वीकार गर्ने बताएका छन् ।

उनीहरुले डीडीसीलाई सुविधा दिएर पोखरामा भित्र्याए निजी डेरीलाई पनि सरकारी अनुदान दिनुपर्ने भन्दै दबाव सिर्जना गरेका छन् । त्यसैकारण सरकारले डीडीसीलाई प्लान्ट स्थापनाका लागि अनुमति दिएको छैन ।

जसरी पनि जान्छौंः डिडीसी

डिडीसीका प्रवक्ता तथा उपमहाप्रवन्धक ईश्वरी अधिकारी डीडीसी यसै वर्ष जसरी पनि पोखरामा जाने प्रयत्नमा लागेको बताउँछन् ।

‘खला बजार अर्थतन्त्रमा कसैलाई निषेध गर्न मिल्दैन’, अधिकारीले भने, ‘पोखरा जस्तो ठाउँमा उपयुक्त स्थानमा जग्गा पाउन नसकेपछि प्रयोगविहीन भएको सरकारी जग्गा माग गरेका हौं । यो वर्ष पायौं भने प्लान्ट राखिहाल्छौं ।’

पोखरामा अहिले डीडीसीको दूध पुग्दैन भने दूग्धजन्य पदार्थको बजार पनि पोखरामा निकै न्यून भएको प्रवक्ता अधिकारी बताए ।

डीडीसीले पोखरमा आफ्नो बजार विस्तारका लागि लामो समयदेखि प्रयत्न गरिरहेको छ । तर, निजी डेरी व्यवायीहरु यसविरुद्ध खुलेरै लागेका छन् । निजी डेरी उद्योगीले सरकारी अनुदानका बलमा आफ्नो बजार प्रभावित नगर्न चेतावनी दिएपछि सरकार पनि डीडीसीलाई जग्गा दिन नैतिक संकटमा परेको छ ।

डीडीसीले ४ वर्षअघि स्थानीय पन्थी डेरीमार्फत पोखरामा केही समयअघि दूध वितरण थालेको थियो । तर, व्यवसायीले विरोध गरी बिक्री रोक्न माग गरेपछि तत्कालीन प्रधानमन्त्रीको निर्देशनमा संस्थानले उत्पादन र बिक्री रोकेको थियो

डीडीसीले बजारमा सकारात्मक प्रतिस्पर्धा र बजार हस्तक्षेपका लागि पोखरामा आफ्नो उपस्थिति अनिवार्य भइसकेको निश्कर्षमा पुगेको बताएको छ । डीडीसीले आफूले माग गरेको जग्गा पाएमा तत्काल प्लान्ट स्थापनाका लागि  २ करोड रुपैयाँ खर्च गर्ने योजनामा छ ।

डीडीसीले ४ वर्षअघि स्थानीय पन्थी डेरीमार्फत पोखरामा केही समयअघि दूध वितरण थालेको थियो । तर, व्यवसायीले विरोध गरी बिक्री रोक्न माग गरेपछि तत्कालीन प्रधानमन्त्रीको निर्देशनमा संस्थानले उत्पादन र बिक्री रोकेको थियो ।

डीडीसीले केही वर्षअघि घाटा भएको भन्दै पोखरास्थित आफ्नो प्लान्ट सुजल डेरीलाई बेचेको थियो । त्यसपछि पोखरमा निजी डेरीले आधिपत्य जमाएका थिए । आर्थिक अवस्था सुधि्रएपछि फेरि संस्थान पोखरामा जान चाहिरहेको छ ।

आम उपभोक्ता भने पोखरामा डीडीसीको प्रवेशको पक्षमा छन् । किसान पनि दूधको उपयुक्त मूल्य पाइने भएकाले डीडीसीलाई पोखरामा आउन दिनुपर्ने पक्षमा छन् ।

लगानी डुब्छः डेरी उद्योगी

तर, डीडीसीले पहिले छाडेको बजारमा फेरि प्रवेश गर्दा व्यवसायीको ठूलो लगानी अन्योलमा पर्ने नेपाल डेरी एशोसियशनका वरिष्ठ उपाध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

‘डीडीसीले छाडेपछि १७ वटा निजी दूध प्लान्ट ठूलो लगानीमा स्थापना भएका छन्’ उपाध्यक्ष सापकोटाले भने,’ती उद्योगहरुलाई सिधै मर्का पर्ने गरी सरकारको काँखमा बसेर डीडीसी पोखरा जान सक्दैन ।’

उनले यसका विरुद्धमा पशुपंक्षी विकास मन्त्रालयमा आफूहरुले संयुक्तरुपमा आवाज उठाएको बताए । सापकोटाले पोखरा र आसपासका नागरिकले स्वच्छ दूध तथा दूग्धजन्य पदार्थ सुपथ मूल्यमै पाइरहेकाले डीडीसी पोखरा फर्किनु नपर्ने बताए ।

‘निजी क्षेत्रको अर्बौंको लगानीलाई धक्का दिने नियतले एकाधिकारका लागि सरकारकै सहयोगमा पोखरामा प्रवेश गरे हामी आन्दोलनमा जानेछौं’ उनले भने । उनले डिडीसीलाई मात्रै संरक्षण गर्ने सरकारी नीतिको पनि बिरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?