Comments Add Comment

सर्वोच्चमा एकै दिन २८० वटा पेसी

Sarboccha-Adalat१८ साउन, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ११ न्यायाधीशले सोमबार शपथ लिएसँगै प्रधानन्यायाधीश सुशीला कार्कीले उनीहरूका लागि इजलाससमेत तोकिन् ।

प्रधानन्यायाधीशले १२ वटा संयुक्त इजलास र दुईवटा पूर्ण इजलास गरी २८० वटा पेसी राख्न लगाएकी थिइन् । नवनियुक्त न्यायाधीश दीपककुमार कार्कीले पुराना न्यायाधीश जगदीश शर्मा पौडेलसँग मिलेर सोमबार २२ वटा पेसीमा सुनुवाइ गर्ने तोकिएको थियो ।

केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेलाई इजलास नम्बर १० मा १० र १९ वटा पेसी तोकिएको छ । महिला न्यायाधीश मात्रको इजलास १२ मा मीरा खड्का र सपना प्रधान मल्लका लागि आठवटा पेसी तोकिएको थियो ।

सर्वोच्च अदालतमा नियुक्त ११ न्यायाधीशले सोमबार पदभार ग्रहण गरेका छन् । न्यायपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै ११ न्यायाधीशको नियुक्ति गरेकी थिइन् । नियुक्तिलगत्तै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त न्यायाधीशलाई प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

शपथ सकिएपछि उनीहरूले सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेका थिए । न्यायपरिषद्को सिफारिसअनुसार दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह रावत र सपना प्रधान मल्ल सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन् । आइतबारको संसदीय सुनुवाइ विशेष समिति बैठकले ११ न्यायाधीशको नाम अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment