१९ साउन, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय अनुकूलन योजना बनाउनका लागि नेपालले करिब ३० करोड रुपैयाँ अनुदान पाउने भएको छ ।
हरित जलवायु कोष(जीसीएफ)ले अनुकूलन कायर्ण्योजना बनाउन नेपाललाई ३० करोड रुपैयाँ अनुदान स्वरुप उपलव्ध गराउने तयारी गरेको हो ।
२ महिनाअघि कोरियामा भएको जीसीएफको १३ औं बोर्डको बैठकले न्याप तयारीका लागि ३ मिलियन अमेरिकी डलर उपलव्ध गराउने ओपचारिक निर्णय गरे पनि पत्राचार भने नगरेको जनसंख्या तथा वातावरण मन्त्रालयले जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।
मन्त्रालयका अनुसार न्याप बनाउने तयारी सुरु भइसकेको छ । आगामी २ वर्षभित्र न्याप तयार गर्ने प्रतिवद्धता मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले जलवायु परिवर्तनसम्बन्धी अनुकलूलनको कार्ययोजना तयारीका रुपमा निर्णय भए पनि पत्राचार नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4