+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

भूकम्पमा बालबालिकाको भोगाइ समेटिएको पुस्तक बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १९ गते ७:४९

bimochan 4विनाशकारी भूकम्प २०७२ बारे २४ बाल बालिकाको सस्मरण  संगालो  “सेकेन” प्रकासित भएको छ  ।

जर्मनीमा बस्ने अनुकृत लामिछाने र अमेरिकामा रहेका नेपाली बालकहरुको सक्रियतामा सम्पादित पुस्तक प्रकासित भएको हो ।  नेपाल बाहिरका ८ जना र नेपालमा रहेका १६ बालबालिका को सस्मरण समेटिएको छ ।

 ठूला मान्छेहरुको सस्मरण अनुभबलाई धेरै पत्र पत्रिकाले स्थान दिएको तर बालबालिकाको मनोभाब , मनोविज्ञान तर्फ धेरै को ध्यान नगएको हुँदा बालबालिकाको सस्मरण लिएर आएको बताउछन् ।

उक्त पुस्तकको लेखक बालबालिका कै हातबाट सर्वनाम थिएटरमा लोकार्पण भयो ।  प्रकाशक द्वय हिमांसु र अनुकृत  लगायत अन्य  लेखक बालबालिकाहरू अञ्चित ढुंगाना, अस्मिता भट्टराई, अवतार पाठक, चिराग तिमिल्सिना, महेश भट्टराई, नान्सी गुरागाई, प्रज्ञा बास्तोला, प्रज्ञा भण्डारी, सार्थक न्यौपाने, सुर्मा डंगोल, सुलेखा भण्डारी, श्रीजन आचार्यले बिमोचन गरेका थिए ।

 सोहि अबसरमा अञ्चित ढुंगाना, अस्मिता भट्टराई, अवतार पाठक, चिराग तिमिल्सिना,सार्थक न्याैपानेले  भूकम्प बारे आफ्नो अनुभब पनि  मौखिक रुपमा पनि व्यक्त  गरेका थिए ।

पुस्तकमा सल्लहाकार सम्पादक महेश पौडेल ,साहित्कार अशेस मल्ल,नीलम कार्की निहारिका ,डा.रबिन्द्र समिर ,हरिहर तिमिल्सिनाले शुभकामना दिएका थिए ।

सम्पादक द्वय हिमांशु र अनुकृतले अब आफूहरु बालबालिकाको रचना को संगालो प्रकासित गर्ने कार्य लाई निरन्तरता दिदै अर्को वर्ष बालबालिकाको कथाहरु को संगालो प्रकासन गर्ने योजना भएको हुदा बाल बालिका लाई कथा लेखि पठाउनको लागि अनुरोध पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?