Comments Add Comment

सरकारमा जाने नेतृत्वबारे कांग्रेसमा विवाद

Sherbahadur-Deuba_1२० साउन, काठमाडौं । कांग्रेस सभापति शेरबाहादुर देउवले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने केही मन्त्री र नेतृत्व  चयनका लागि प्रभावशाली केन्द्रीय सदस्य र पदाधिकारीको बैठक बोलाएका छन् ।

उक्त बैठकले सरकारमा सहभागी हुने केही मन्त्री र सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय गर्ने जनाइएको छ ।
मन्त्री बन्ने आकांक्षीको संख्या बढीभएपछि देउवाले बैठक बोलाएका हुन् । बैठक आज बिहान बस्दैछ ।

सरकारको नेतृत्वका लागि नयाँ गठबन्धन निर्माणका लागि कांग्रेसबाट सक्रिय र नेतृत्वदायी भूमिका खेलेका विमलेन्द्र निधि मुख्य दाबेदार हुन् ।

उनका साथै गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले पनि सरकाको नेतृत्व दावी गर्दै आएका छन् । अाजको अन्नपूर्णमा समाचार छ ।

कांग्रेसबाट सरकारको नेतृत्व गर्ने तीव्र इच्छा व्यक्त गरेका नेता निधिलाई पार्टी उपसभापति वा उपप्रधानमन्त्रीमध्ये एक पद रोज्न दबाब परेको छ ।

स्रोतका अनुसार देउवाले उपसभापति बनाउने इच्छा व्यक्त गरेपनि निधिको उपप्रधानमन्त्री हुने इच्छाका कारण सरकारको नेतृत्वमा उनैलाई पठाउने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment