२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय राजदूत रन्जित रेले लाजिम्पाटस्थित निवासमै पुगेर बधाई दिएका छन् ।
राजदूत रे प्रधानमन्त्री प्रचण्डलाई बधाई दिन बिहीबार बिहान प्रचण्ड निवास पुगेका थिए । उनले प्रधानमन्त्री प्रचण्डलाई सफल कार्यकालको शुभकामना दिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
यसअघि बुधबार साँझ चिनियाँ राजदूत ऊ चुन्ताईले लाजिम्पाट पुगेर प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिएका थिए ।
प्रधामन्त्री निर्वाचित भएसँगै प्रचण्डलाई बधाइ तथा शुभकामना दिनेहरुको लाजिम्पाटमा भीड लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4