+

लिसेस्टर स्वरेज प्रेरित बार्सिलोनासँग हार्‍यो

२०७३ साउन  २० गते ८:३८ २०७३ साउन २० गते ८:३८
लिसेस्टर स्वरेज प्रेरित बार्सिलोनासँग हार्‍यो

Luis Suarez

२० साउन, काठमाडौं । लिसेस्टर सिटी इन्टरनेशनल च्याम्पियन कपमा बार्सिलोनासँग पराजित भएको छ ।

लुइस स्वरेजको प्ररेणादायी प्रदर्शनको मदतमा बार्सिलोनाले प्रिमियर लिग च्याम्पियन लिसेस्टरलाई ४-२ गोल अन्तरले हराएको हो ।

क्लबको रेकर्ड मूल्य १६ मिलियनमा लिसेस्टर आएका अहमेद मुसाले दुई गोल गरेपनि हार टार्न सकेनन् ।

बार्सिलोनाले २६ औं मिनेटमा मुनिरको गोलबाट अग्रता लिएको थियो । त्यसको आठ मिनेटपछि नै लुइस स्वरेजले अग्रता दोब्बर पारे ।

पहिलो हाफको अन्तिममा मुनिरले दोस्रो गोल गरेपछि बार्सिलोनाले ३-० को अग्रता लियो । दोस्रो हाफमा भने लिसेस्टरका मुसाले ४७ र ६६ औं मिनेटमा लगातार दुई गोल गरे । ८४ औं मिनेटमा रफायल मुजिकाले गोल गर्दै बार्सिलोनालाई ४-२ को जित दिलाए ।

बार्सिलोना लिसेस्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय