+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कालो सूचीमा विद्युत् ग्राहक

रासस रासस
२०७३ साउन २२ गते १०:३८

२२ साउन, चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले ४७४ ग्राहकलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकलाई शाखाले कालोसूचीमा राखेको हो । उनीहरुबाट  एक करोड ६ लाख ४४ हजार रूपैयाँ बक्यौता उठ्न बाँकी छ ।

Miter-Boxकार्यालयका लेखा प्रमुख भगवान ढकालका अनुसार कालोसूचीमा परेकालाई पटक÷पटक पत्राचार गरी बक्यौता तिर्न ताकेता गरिएको छ । उनीहरुको लाइन काट्ने, सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा मिटर बक्स दिनरोक्ने लगायतका काम कार्यालयले गर्दै आएको छ ।

कार्यालयले गत आवमा ४२४ ग्राहकको विद्युत् लाइन काटेको थियो । उनीहरुमध्ये एकसय ८४ जनाले रु ५६ लाख २८ हजार बक्यौता रकम तिरी पुनः लाइन जडान गरेका थिए । हालसम्म रु २६ करोड १९ लाख ५७ हजार बक्यौता उठ्न बाँकी छ । सबैभन्दा बढी सडक बत्तीको १५ करोड ९५ लाख २३ हजार रूपैयाँ रहेको छ ।

त्यसैगरी घरबत्तीको रु ६ करोड २६ लाख तीन हजार, औद्योगिक प्रयोजनको एक करोड ५० लाख ६१ हजार, सिँचाइको ९२ लाख तीन हजार, खानेपानी संस्थानको रु ५३ लाख ५० हजार, व्यापारिक प्रतिष्ठानको रु ७३ लाख १२ हजार र गैर व्यवसायीकतर्फको  १६ लाख ८२ हजार रूपैयाँ बक्यौता रहेको छ ।

कार्यालयले गत आवमा १० करोड ९६ लाख ५३ हजार ७८० युनिट विद्युत बिक्री गरेको थियो । भरतपुर वितरण केन्द्रअन्तर्गत ६६ हजार ३६१ ग्राहक रहेका बताइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?