Comments Add Comment

एमालेको प्रदेश कमिटी गठन अलपत्र

UML Party Office Dhumbarahi२३ साउन, काठमाडौं । एमालेको प्रदेश कमिटी गठन अलपत्र परेको छ । स्थायी समिति बैठकले पाँच सय नेता–कार्यकर्तालाई प्रदेशमा जिम्मेवारी दिने निर्णय गरे पनि संयोजक चयनमा विवाद देखिएपछि कमिटी गठन अलपत्र परेको हो ।

स्थायी समितिको ६ असारमा बसेको बैठकले प्रदेश कमिटी गठनको निर्णय गरेको थियो । त्यसपछिको बैठकमा संस्थापन र वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरूबीच संयोजक चयनमा विवाद भएपछि प्रदेश कमिटीले अझै पूर्णता पाएका छैनन् ।

प्रदेश संगठन कमिटीको संयोजक र सचिव छनोट गर्न बाँकी छ । संयोजकमा उपाध्यक्षहरू वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावलले दाबी गरेका अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

११ असारमा बसेको स्थायी समिति बैठकमा उनीहरूले संयोजक दाबी गरेका थिए । ‘विकास क्षेत्र नरहेपछि उपाध्यक्षहरूले विगतमा जस्तै भूमिका पाउनुपर्छ भन्ने कुरा हामी सबै (उपाध्यक्ष)ले बैठकमा राखेका हौँ,’ उपाध्यक्ष युवराज ज्ञवालीले भने । त्यतिवेला तीन उपाध्यक्ष मात्र नेपालनिकट रहे पनि अहिले गौतमसमेत नेपालसँग नजिकिएका छन् ।

संस्थापननिकट नेताहरूले सातवटै प्रदेशमा पदाधिकारीमध्ये उपाध्यक्ष, महासचिव र उपमहासचिवलाई अनुगमनकर्ता बनाउन सकिने विकल्पको प्रस्ताव गरेका छन् । विकास क्षेत्र हेरिसकेका उपाध्यक्ष घटुवा भएर जानेभन्दा पदाधिकारीहरू सबैले अनुगमनको जिम्मा लिँदा उपयुक्त हुने प्रस्ताव आफूले राखेको सचिव गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment