Comments Add Comment

योजना आयोगका उपाध्यक्ष खतिवडाले राजीनामा दिए

२४ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले राजीनामा दिएका छन् ।

Ubaraj khatiwadaप्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएर राजीनामा दिइएको उपाध्यक्ष डा खतिवडाले जानकारी दिए ।  ‘प्रधानमन्त्रीको कार्यव्यस्तताले गर्दा उहाँलाई भेट्न सकिएन, त्यसकारण पत्र पठाएर राजीनामा दिएको छु । नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने मनशायका साथ मैले मार्गप्रशस्त गरेको हुँ’ डा खतिवडाले भने ।

आफ्नो नौ महिने कार्यकालमा १४औं योजनाको आधारपत्र तयार पारिएको र उक्त आधारपत्र संविधान कार्यान्वयनमा नै केन्द्रित रहने उल्लेख गर्दै उनले सुरुआतका समयमा भारतको अघोषित नाकाबन्दीले पारेको प्रभाव कम गर्न केन्द्रित रहेको बताए । उनले भने, सन् २०३० सम्मको विकासको मार्गचित्र तयार भएको छ । त्यसले हाम्रो विकास कतातर्फ परिलक्षित हुन्छ भन्ने निर्धारण गर्दछ ।’

बजेट आउँदा समेत योजना नआउने प्रवृत्तिलाई हटाएर पहिला योजना र त्यसपछि बजेट आउने सुल्टो अवधारणालाई संस्थागत गरी क्षमता अभिवृद्धि एवम् विकास प्रक्रियाको मोटो खाका समेत बनाइएको उनले बताएका छन् ।

आयोगमा अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका तर्फबाट नियुक्त सदस्यबाहेक अन्य सदस्यले पनि राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment