Comments Add Comment

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण प्रभावित नहुने

XiJinping

२५ साउन, काठमाडौं । नेपालमा हालै भएको सत्ता परिवर्तनका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङको यही वर्ष हुने भनिएको नेपाल भ्रमण प्रभावित नहुने चीनका एक प्रभावशाली विज्ञले बताएका छन् ।

हाल नेपाल भ्रमणमा रहेका चाइना इन्स्टिच्युट अफ इन्रनेसनल कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्सका अध्यक्ष जी चियेले चीन अध्ययन केन्द्रद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।

सीआईसीआईआर चिनियाँ राष्ट्रपति सी जिनपिङ नेतृत्वको स्टेट काउन्सिल मातहत रहने बौद्धिक संस्था हो । आजको अन्नपूर्णमा समाचार छ ।

‘उही वर्ष हाम्रा राष्ट्रपतिको नेपाल भ्रमण हुनेछ र यसबाट दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुनेछ,’उनले भने । केपी ओली नेतृत्वको सरकारको बहिर्गमनपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा बनेको नयाँ सरकारको कार्यकालमा चिनियाँ राष्ट्रपतिको भ्रमण नहुने हो कि भन्ने आशंका रहेका बेला जीको यस्तो भनाइ आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment