Comments Add Comment

महावीरको घोषणाः अब सरकारसँग सहयोग माग्न जान्नँ

'अब म सुध्रिएँ, सरकारलाई गाली गर्दिँन'

mahabir pun

२५ साउन, काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि जुटेका महावीर पुनले अब सरकारसँग सहयोग माग्न नजाने घोषणा गरेका छन् । मंगरबार राजधानीमा पत्रकार सम्मेलन गरी पुनले भने, ‘म सहयोग माग्न जनताको ढोकामा पुगिसकेँ, अब जनतालाई धोका दिएर सरकारसँग सहयोग माग्न जान्नँ ।’

अहिलेको र निकट भविश्यमा बन्ने सरकारबाट पनि सहयोगको अपेक्षा आफूले नभएको उनले बताए । उनले अघि भने-‘अहिलेको पुस्ता र भाइबहीनीहरु सरकारमा आए भने उनीहरुले मेरो कुरा बुझछन्, त्यसबेला सहयोग माग्नजाने कुरा अर्को हो ।’

असार अन्तिमसम्म सरकारले सहयोग गर्छभन्ने आश गरेपनि २६ गतेदेखि सरकारबाट सहयोग आउँदैन भन्ने आफूलाई लागेको उनले सुनाए । ‘सरकारबाट सहयोग नआएपछि म असार २९ गते जनताको ढोकामा गइसकेँ’ पुनले भने, ‘म जे बोल्छु त्यो गर्छु । त्यसैले अब सरकारसँग सहयोग माग्न जाँदिन ।’

पत्रकार सम्मेलनमा उनले विज्ञान मन्त्रालयले पाँच करोड रुपैयाँ सहयोग गर्ने प्रस्ताव गरेको स्वीकार गरे । तर, नैतिकताका कारण अस्वीकार गरेको बताए । ‘जनताको ढोकामा सहयोग माग्न पुगिसकेको थिएँ । त्यसबेला विज्ञान मन्त्रालयले ५ करोड सहयोग गर्ने प्रस्ताव गर्‍यो । जनताको ढोकामा पुगिसकेकाले नैतिकता बेचेर सरकारी सहयोग थाप्न जाने कुरै भएन । ५ करोड त के १५/२० करोड नै दिने भएपनि म सहयोग थाप्न जाने थिइँन ।’

आफूले त्यतिबेला नै विज्ञानमन्त्रीलाई सहयोग लिनआउँदिँन भनेेको उनले जानकारी दिए । ‘नागरिकको हैसियतले सरकारले सहयोग माग्यो भने अहिले पनि सहयोग गर्न म तयार छु’ उनले अघि भने, ‘कसैले सरकार भन्दाठूलो भइस भन्लान् । तर, भने भनुन ।’
पुनका अनुसार जनतासँग सहयोग मागेपछि ८०/९० लाख रुपैयाँजम्मा भइसकेको छ र सहयोग गर्छु भन्दै दैनिक धेरै फोन र इमेलहरु आइरहेका छन् ।

‘त्यो भेटमा उहाँले सहयोग गर्ने उद्देश्यले नै बोलाइएको बताउनुभयो र फोनमै कुरा गर्दा हुन्छ भन्नुभयो, त्यसपछि फोनमा पनि कुरा भएको छैन, तर उहाँले ५ करोड दिन्छु भन्दा अस्वीकार गरेको भन्दै मिडियाबाजी गरिरहनु भएको छ ।’

अर्थमन्त्री पौडेलले ढाँटे

पत्रकार सम्मेलनमा महावीर पुनले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलमाथि आफुसँग गर्दै नगरेको कुरा गरेर मिडियाबाजी गरेको दाबी गरे ।

पौडेलले बोलाएपछि आफू अर्थ मन्त्रालय गएको भन्दै उनले भने, ‘त्यो भेटमा उहाँले सहयोग गर्ने उद्देश्यले नै बोलाइएको बताउनुभयो र फोनमै कुरा गर्दा हुन्छ भन्नुभयो । तर, त्यसपछि फोनमा पनि कुरा भएको छैन । तर, उहाँले ५ करोड दिन्छुभन्दा अस्वीकार गरेको भन्दै मिडियाबाजी गरिरहनु भएको छ ।’

आफू गाउँमा गएको बेला साउन पहिलो साता विज्ञान मन्त्रालयका कर्मचारीले ‘सरकार सहयोग गर्न तयार छ, तपाई आवेदन दिन आउनुहोस्’ भन्दै फोन गरेको उनले सुनाए । पुनले अघि भने, ‘मैले कति सहयोग गर्ने हो ? भनेर सोधेँ । उहाँले विज्ञानमन्त्रीलाई फोन दिनुभयो । मन्त्रीजीले पनि आवेदन दिनुहोस् भन्नुभयो । फेरि मैले कति भनेर सोध्दा ५ करोडजति दिने भन्नुभयो । र, मैले यो रकम लिएर मेरो कामहुँदैन भन्ने जवाफदिएँ ।’

५/१० करोडले राष्ट्रिय अनुसन्धान केन्द्रलाई आफनो काम अघि बढाउन नसक्ने भन्दै आफुले बाबुराम भटराईकै पालामा अस्वीकार गरेको पुनले बताए । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतलाई आफुले सरकारले सहयोग दिन सक्दैन भने सक्दैन भनोस्, म आफनै आफनो जग्गा बेचेर काम अघिब ढाउँछु भनेको उनले सुनाए ।

‘रिस उठ्थ्यो त्यसैले सरकार, कर्मचारी र नेतालाई गाली पनि गरेँ । मैले गल्ती गरेछु । अब म कसैलाई गाली गर्दिन’ उनले भने, ‘किनकी म सुध्रिएँ ।’

सरकारलाई मुरीमुरी धन्यवाद

पत्रकार सम्मेलनमा महावीर पुनले सरकार, नेता र कर्मचारीलाई गाली गरेर गल्ती गरेकोे बताए । ‘रिस उठ्थ्यो त्यसैले सरकार, कर्मचारी र नेतालाई गाली पनि गरेँ । मैले गल्ती गरेछु । अब म कसैलाई गाली गर्दिन’ उनले भने, ‘किनकी म सुध्रिएँ ।’

आफुलाई राष्ट्रको सेवा गर्ने अवसर प्रदान गरेको भन्दै पुनले व्यंगात्मक शैलीमा सरकारलाई धन्यवाद दिए । उनले भने-‘सरकारले पैसा दिएको भए म त्यहीँ अल्मलिन्थेँ । जनताको माया पाउने नै थिइँन ।’

आफूलाई सहयोग गर्नेहरुसँग आफुले मुख्यत तीन कुरा (आइडिया, पैसा र भोलेन्टियर) माग्ने उनले बताए । सरकारले भन्दा धेरै जनताले बुझेको भन्दै उनले भने, ‘पढेलेखेको मान्छेले के-के केलाउँदा रहेछन र बुझदा रहेनछन् । तर नपढेकाहरुले एकैचोटीमा कुरा बुझदा रहेछन ।’

आफूप्रति अहिले शंका उपशंका उब्जिनु स्वभाविक भएको उनको भनाइ छ । ‘यहाँ धेरैले यस्तै योजनाहरु ल्याएर गुटमुटयाएर भागेकाछन्, त्यसैले ममाथि आशंका गर्नु अस्वभाविक होइन’ समाजसेवी पुनले भनेका छन् । तर, आफुहरु कुनैपनि ठगी गर्ने नियतले यो संस्था स्थापना नगरेको उनले प्रष्ट पारे ।

कुनै सिर्जनशील व्यक्तिले आफनो प्रतिभा देखाउँछ भने राष्ट्रिय आविष्कार केन्द्रले त्यस्ता व्यक्तिलाई पालन/पोषण गरी लगानीकर्ता खोजेर मात्रै छाडिदिने उद्देश्य रहेको उनले बताए । अनुसनधान क्षेत्रको विकास नभएसम्म देशको विकास नहुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment