चलचित्रलाई ब्रान्ड बनाउन सकेको खण्डमा दर्शकले उत्साहजनक रुपमा साथ दिन्छन् भन्ने पुष्टी पछिल्ला केही नेपाली चलचित्रले गरिरहेका छन् । अहिले युटुबमा चलचित्रको गीत, ट्रेलर हेर्ने दर्शकका आधारमा पनि लोकपि्रयता मापन गर्न थालिएको छ ।
मंगलबार बिहान ११ बजे सार्वजनिक भएको चलचित्र ‘छक्का पन्जा’को ट्रेलरले २४ घन्टामै नयाँ रेकर्ड राखेको छ । यो चलचित्रको ट्रेलरलाई २४ घन्टामा १ लाख ३० हजार पटक युटुबमा हेरिएको छ । यो कुनै चलचित्रको ट्रेलरले राखेको रेकर्ड नै हो ।
युटुबमा दर्शकले देखाएको मायाले उत्साहित निर्देशक दीपाश्री निरौलाले सबैको आर्शिवाद पाएको बताइन् । चलचित्र क्षेत्रबाट पनि यो चलचित्रलाई राम्रो साथ मिलिरहेको छ ।
ट्रेलरले युटुबमा १४ सय लाइक पाएको छ भने २७५ जनाले कमेन्ट गरेका छन् । २४ घन्टामा चलचित्रले पाएको दर्शकको मायाले यसको व्यापार पनि आँकलन गर्न थालिएको छ । भदौ २४ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुँदैछ ।
प्रतिक्रिया 4