Comments Add Comment

अर्थमन्त्री महरालार्इ बाबुरामको पाँच सुझाव

२६ साउन, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री मा. कृष्णबहादुर महरा पूर्व नेता डा. बाबुराम भट्टरार्इ कहाँ सुझाव लिन गएका छन् ।

Baburam-bhattraiअर्थमन्त्री भएपछि महरा सफल अर्थमन्त्रीको छवि बनाएका नयाँ शक्ति नेपालका संयोजक भट्टरार्इलार्इ भेट्न गएका हुन् । भेटमा आफूले पाँचबुँदे सुझाव दिएको डा. भट्टराईले बताएका छन् ।

१.कुरा थोरै काम धेरै गर्ने ! पपुलिष्ट भन्दा परिणाममुखी काम गर्ने !

२.युवा स्वरोजगार कार्यक्रमलाई पहिलेकै स्पिरिट अनुसार प्रभावकारी ढंगले कार्वान्वयन गर्ने !

३. फाष्टट्रयाक, मध्यपहाडी लोकमार्ग, कोसी/गणडकी/कर्णाली उत्तरदक्षिण लोकमार्ग, हुलाकी मार्ग लगायतका रणनीतिक महत्वका सडक छिटो पूरा गर्न जोड गर्ने ! भर्खरै हेलिकोप्टर दुर्घटनाले सबैको ध्यानाकर्षित गरेको उत्तरी गोरखा जोड्ने वेनीघाट-लार्के सडकको ट्र्याक यसै बर्ष खोल्न आवश्यक रकमको व्यवस्था गर्ने !

३. वुढीगण्डकी, पश्चिम सेती, नल्सिंगगाड, दूधकोशी लगायतका महत्वपूर्ण जलाशययुक्त जलविद्युत योजना छिटो सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने !

४.सहीद/वेपत्ता परिवारलाई राहत स्वरूप रू. ५ लाखको तामाकोशी चपरियोजनाको सेयर प्रदान गर्ने र वहिर्गमित लडाकुलाई रू. २ लाख दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयन गर्ने !

५. अन्य ९ महिनामा गर्न सकिने जनतालाई प्रत्यक्ष राहत मिल्ने काम गर्ने ! भ्रष्टाचार रोक्न विशेष चनाखो वन्ने ! आदि आदि !

अर्थमन्त्री महराले बुधबार बिहान कांग्रेस र एमालेका पूर्वअर्थमन्त्रीसँग छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment