Comments Add Comment

९० करोड एन्ड्रोइड फोनमा भाइरसको खतरा

_android_bugसफ्टवेयरमा पाइएको गडबडीको कारणले गर्दा विश्वका करोडौँ स्मार्टफोनको डाटा ह्याकरहरुको हातमा पर्ने खतरा पैदा भएको छ ।

चेकप्वाइन्टका शोधकर्ताहरुले अमेरिकी कम्पनी क्वालकोमले बनाएका चिपसेटबाट चलिरहेका सफ्टवेयरको अनुसन्धान गर्ने क्रममा यस्तो बग फेला पारेका हुन् ।

विश्वमा चालु रहेका झण्डै ९० करोड फोनमा क्वालकोमको प्रोसेसरको प्रयोग भैरहेको छ ।

यद्यपि अहिलेसम्म ह्याकरहरुले यस्तो बगको फाइदा उठाइसकेको प्रमाण भने फेला परिसकेको छैन ।

तर आउँदो ३।४ महिनामा साइबर अपराधीहरुले क्वालकोम प्रोसेसरमा रहेको कमजोरीको फाइदा उठाउने चेकप्वाइन्का एक अधिकारी माइबल शाउलवले बताए ।

यस्तो बगबाट प्रभावित हुनसक्ने र ह्याकरको चपेटामा पर्नसक्ने मोबाइल फोनको सूचि यस्तो छः

ब्लाकबेरी प्रिभ तथा डिटेक ५०

ब्लाकफोन १ र ब्लाकफोन २

गुगल नेक्सस ५ एक्स, नेक्सस ६ तथा नेक्सस सिक्स पी

एचटीसी वान, एचटीसी एम ९ र एचटीसी १०

एलजी जी ४, एलजी जी  तथा एलजी वी १०

मोटोरोला न्यू मोटो एक्स

वनप्लस वन, वनप्लस २ तथा वनप्लस ३

सामसुंग ग्यालेक्सी एस सेभेन, एस सेभेन एज

सोनी एक्सपेरिया जेड अल्ट्रा

फोनको ग्राफिक्ससँग सम्बन्धित सफ्टवेयर तथा फोनभित्रकोे प्रक्रियाको बीचमा कम्युनिकेसन चलाउने कोडमा यस्तो बग फेला परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment