Comments Add Comment

तैरिने स्कुल, जहाँ डुंगामै हुन्छन् स्कुल (फोटोफिचर सहित)

boat school1विश्वमा बाढीका कारण वर्षेनी लाखौँ मानिसहरु विस्थापित हुन्छन् र त्यसका कारण हजारौँ बालबालिकाहरुले आफ्नो पढाइ पूरा गर्न पाउँदैनन् । बंगलादेशमा पनि बाढीकै कारण हरेक वर्ष १० प्रतिशत बालबालिकाहरु प्राथमिक तहमै स्कुल छाड्न बाध्य हुन्छन् ।

तर बाढीका कारण स्कुल छाड्न बाध्य बच्चाबच्चीहरुका लागि नयाँ विकल्प सिर्जना गरिएको छ, त्यो हो तैरिने स्कुल । यस्ता तैरिने स्कुलको सुरुवात गरेका हुन् बंगलादेशका एक आर्किटेक्ट मोहम्मद रिजवानले । उनले बाढी प्रभावित विद्यार्थीहरुका लागि तैरिने स्कुल सुरु गरेका छन् । डुंगामा रहने त्यस्ता स्कुलहरुमा बालबालिकाहरुलाई पर्यावरण, जलप्रदुषण तथ जैविक विविधता संरक्षण जस्ता विविध विषयमा विशेष रुपमा पढाउने गरिन्छ ।

boat school2बाढीका कारण आफुले पनि बच्चाकालमा राम्रोसँग पढाइ पूरा गर्न नपाएको पीडा भोगेका रिजवानले सन् २००२ मै बंगलादेशमा पहिलो तैरने स्कुलको निर्माण गरेका थिए ।  आफुलाई छात्रवृत्तिबाट प्राप्त भएको ५ सय डलर तथा आफुसँग भएको केही रकम थप गरी उनले तैरने स्कुलको सुरुवात गरेका थिए । नदी किनाराको एक ठाउँमा डुंगा राखेर त्यसको आसपासका विद्यार्थीहरुलाई जम्मा गरेर बाह्रै महिना पढाइन्छ ।

boat school3अहिलेसम्म बंगलादेशमा २२ वटा तैरने डुंगा स्कुल संचालनमा आइसकेका छन् । जहाँ २ हजार भन्दा बढि बालबालिकाहरुले प्राथमिक शिक्षा पढ्दछन् । यी तैरिने स्कुलमा कम्प्युटर, इन्टरनेट, पुस्तकालयकोसुविधा पनि छ । डुंगा स्कुलको छतमा राखिएका सोलार प्यानलबाट सौर्यशक्तिबाट कम्प्युटर चल्दछन् ।

स्मरण रहोस् यस्ता खाले तैरिने स्कुल नाइजेरियामा पनि छन् । boat school4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment