Comments Add Comment

युवा पुरस्कारः धुर्मुस सुन्तलीदेखि पैंचो पसलसम्म

Dhurmus Suntali

२८ साउन, काठमाडौं । सरकारले विभिन्न ८ व्यक्ति र २ संस्थालाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा एक समारोह गरी विभिन्न्ा ८ व्यक्ति र २ संस्थालाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको हो ।

सम्मान पाउनेमा समाज सेवातर्फ काठमाडौंको धुर्मुस सुन्तली फाउण्डेशन र व्यावसायिक कृषितर्फ गुल्मीको पैंचो पसल रहेका छन् ।

youth  award  (5)

यस्तै, वातावरण सरसफाइ र स्वयंसेवातर्फ संखुवासभाका डा. राजु अधिकारी, चित्रकलातर्फ मकवानपुरका अमिर लामा, कला र संगिततर्फ सर्लाहीका शिव परियार, कृषितर्फ ओखलढुंगाका लोचन बस्नेत, चेलीबेटी बेखबिखन नियन्त्रणतर्फ माइती नेपालकी फुलमाया तामाङले सम्मान पाएका छन् ।

youth  award  (12)

त्यस्तै खेल क्षेत्रबाट फुटबलका नवयुग श्रेष्ठ, उसुकी निमा घर्तीमगर, जुडोकी फूपूह्लामु खत्री, तेक्वान्दाेकी निशा रावल लगायतले राष्ट्रिय युवा सम्मान पाए ।

youth  award  (10)

कास्कीका दिपक तिमिल्सिनाले पशुपालनतर्फ, मुगुका मिनबहादुर भामले कला र संस्कृतितर्फ तथा काभ्रेका डा. सुमन सत्यालले वैज्ञानिक खोज र अनुसन्धानतर्फ सम्मान पाएका छन् । सम्मानसँगै सबैलाई १/१ लाख रुपैयाँ पनि प्रदान गरिएको छ ।

सम्मान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरुको परिचालन गरेर मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताइन् । उनले रोजगारीका लागि विदेश जानुपर्ने वाध्यताको अन्त्य गरिनुपर्नेमा जोड दिइन् ।

youth  award  (4)

युवाहरु मुलुकभित्रै रहने सुनिश्चित गर्नका लागि प्राविधिक र सीपमूलक शिक्षा दिन तथा उद्यमशिलताको विकास गर्न आवश्यक रहेकोमा उनको जोड थियो ।

नेपालमा कुल जनसंख्याको ४० प्रतिशत युवाहरु छन् । तर युवाहरुको ठूलो संख्या भने बेरोजगार छ । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार ३६ प्रतिशत युवा अर्ध बेरोजगार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment