Comments Add Comment

बुद्धिसागर न्यूजिल्यान्डका लागि पर्यटन दूत

काठमाडाैं । लमजुङ सदरमुकाम बेसीसहरका युवा बुद्धिसागर घिमिरे न्यूजिल्यान्डका लागि पर्यटन दूतमा नियुक्त भएका छन् ।

NTBनेपाल पर्यटन बोर्डले घिमिरेलाई बुधबार पर्यटन प्रवद्र्धनका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको हो । ११ जुलाई २०१६ देखि १० जुलाई २०१८ सम्म लागू हुनेगरी घिमिरेलाई बोर्डले दुई वर्षका लागि दूतमा नियुक्त गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबाइलोजीमा स्नातकोत्तर गरेका घिमिरेले बेलायतबाट वातावरण विज्ञानमा एमफिल गरेका छन् । ।

गैरआवासीय नेपाली संघ न्यूजिल्यान्डको कार्यसमितिमा दुई कार्यकाल काम गरेका घिमिरेसँग नेपालको पर्यटन प्रबद्र्धनका लागि नेपाली नाइटलगायत विभिन्न कलचरल इभेंन्टहरु आयोजना गरेको अनुभव छ ।

रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment