Comments Add Comment

तिलक बम मल्ललाई युवारत्न गायन अवार्ड

tilak bom youba-ratna-awardकाठमाडौं । अन्ताराष्ट्र्रिय युवा दिवसको अवसरमा नेपाली गीत संगीतमा निरन्तर साधनारत गायक तिलकबम मल्ललाई ‘युवारत्न गायन अवार्ड २०१६’ प्रदान गरिएको छ ।

विदेशी रंगमञ्चमा नेपाली गीत संगीतको प्रचार प्रसार गर्न सफल भएको भन्दै मिडिया इन्टरनेशनललले उनलाई उक्त सम्मान गरेको थियो ।

गायक मल्ल गायनकसंगै सामाजिक काममा पनि सक्रिय छन् १५ महिना अघि मुलुकमा विनाशकारी भूकम्प गएको वेला उनले भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री राहतकोषमा ४३ लाख उपलब्ध गराएका थिए ।

त्यसो त उनले द्धन्द्धकालमा अभिभावक गुमाएका वालवालिकालाई शैक्षिक सामग्री सहयोग समेत उपलब्ध गराउँदै आएका छन् । २५० भन्दा बढी गीतमा स्वर दिएका मल्लले ७ वटा एल्बम निकालेका छन् ।

मुटु छुने लुम्लेको हावाले, भोटे ताल्चा, ट्याक्सि गुड्यो सररलगायत उनका थुपै्र गीत चर्चामा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment