Comments Add Comment

एक मिनेटको ढिलाइले गुम्यो डेढ करोडको चिट्ठा

indian rupeesभनिन्छ समय भन्दा पहिले र भाग्य भन्दा धेरै कसैलाई केहीपनि प्राप्त हुन सक्दैन । तर समय भन्दा पछि परियो भने पनि खाली हात भइने रहेछ भन्ने ठूलै सबूत प्राप्त भएको छ ।

भारतको कर्नाटकमा हालै भएको एउटा घटनाले एक मिनेट समय घर्किँदा समेत कसरी हातमा आइसकेको ठूलो रकम फुस्किनेे रहेछ भन्ने देखाउँदछ ।

ती मानिसलाई मात्र एक मिनेटको ढिलाइले हातमा आइसकेको एक करोड भारु गुमेको छ ।
ज्योति चन्द्रन नामका ती व्यक्तिले अनलाइन चिट्ठा टिकट खरीद गर्नमा केवल एक मिनेट ढिलाई गर्दा ठूलो मूल्य चुकाउनुपर्यो ।

भारतको राष्ट्रिय उपभोक्ता विवाद निवारण आयोगले अन्ततः जी टेलिफिल्म्सको महा लोट्टो शो २००३अन्तरगत एक करोड भारुको चिट्ठाका  विजेता दाबी गर्ने चन्द्रनको मागदाबीलाई खारेज गरिदिएको छ । आफुले चिट्ठामा जितेको रकम आफुलाई टेलिफिल्म कम्पनीले नदिएको भन्दै उनले मुद्धा हालेका थिए ।

आयोगका अध्यक्ष अजित भरिहोकको अध्यक्षताको इजलासले फैसला गरेको छ की चन्द्रनले लाइभ शो सकिएको एक मिनेटपछि मात्र टिकट खरीद गरेका थिए ।

उनले राति ९ बजेर १७ मिनेटमा टिकट खरीद गरेको देखिन्छ । जबकी लोटरी ड्र को परिणाम जी टिभीमा ६ जनवरी २००३ को राति ९ बजेर १२ देखि ९ बजेर १६ मिनेटको बीचमा लाइभ घोषणा गरिएको थियो ।

गलत फाइदा उठाउन र मोटो रकम हात पार्नका लागि लाइभ शो मा विजेता घोषणा गरिएको नम्बर नै शो सकिएको १ मिनेटपछि चन्द्रनले खरीद गरेको ठहर आयोगको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment