Comments Add Comment

लेखा समितिको सभापतिमा एमालेको दावी

प्रचलन र कांग्रेसको सिद्धान्तअनुसार हाम्रो दावीः ढकाल

३१ साउन, काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्मा उर्जा मन्त्री बनेपछि खाली रहेको सभापति पदमा संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दाबी गर्ने भएको छ ।

Bhanubhakta-Dhakal,-UMLलेखा समितिको सभापति प्रमुख विपक्षी दलले पाउने संसदीय परम्परा रहेको र शर्माले राजीनामा दिँदादिँदै पनि एमालेलाई छाडिदिएको भनेकाले त्यसमा आफ्नो दलको स्वाभाविक दाबी रहने एमाले प्रमुख सचेतक भानुभक्त ढकालले अनलाइनखबरलाई बताए ।

‘प्रचलनको हिसाबले पनि लेखा समितिको सभापति प्रतिपक्षले पाउने हो । स्वयं सभापतिले राजिनामा दिँदै गर्दा पनि प्रमुख प्रतिपक्षलाई छाडेको भन्नुभएको छ’ ढकालले अनलाइनखबरसँग भने ‘त्यसमाथि पनि कांग्रेसको नयाँ सिद्धान्तअनुसार सशक्त प्रतिपक्ष चाहिने भनेकाले लेखा समितिमा हाम्रो दावी रहन्छ’ ।

विगतमा लेखा समिति विपक्षले पाउने गरे पनि संविधानसभामा पक्ष -विपक्ष नरहने भनिएपछि दलहरुबीच भागबण्डाका क्रममा समितिका सभापति बाँडिने गरेको थियो । यद्यपि कांग्रेस एमालेको संयुक्त सरकार रहेका बेला प्रमुख विपक्षका जनार्दनले सभापति पद पाएको ढकालले बताए ।

तर, केपी ओली नेतृत्वको सरकार बनेका बेला आफ्नो दल सत्तापक्ष बने पनि शर्माले लेखा समितिको सभापतिबाट राजीनामा दिएका थिएनन् । सत्ता पक्षले लेखा समिति ओगेटर बसेको भन्दै संसदभित्रै प्रश्न उठ्ने गरेको थियो । यसैवीच अहिले मन्त्री पाएपछि मात्रै शर्माले लेखा समितिको सभापति त्यागेका छन् ।

अब मुलुक फेरि संसदीय अभ्यासमै गएको र कांग्रेसले ठूला दल मिलेर सरकार बनाउनु हुँदैन, एउटा प्रमुख प्रतिपक्षमा बस्नुपर्छ भनेकाले लेखा समितिको सभापति एमालेले पाउनुपर्ने उनले बताए । यसबारेमा अब छलफल हुने ढकालले बताए ।

लेखा समितिमा एमालेका सचिव गोकर्ण विष्ट, प्रमुख सचेतक भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य पशुपति चौलागाई लगायतका नेता छन् । सभापति पाएपछि कसलाई पठाउने भन्ने एमाले संसदीय दलले निर्णय गर्ने ढकालले बताए ।

दलहरुबीच संसदका १५ वटा विषयगत समिति संसदमा उनीहरुको आकारका आधारमा भागबण्डा भएको थियो । जसमध्ये संसदीय सुनुवाइसहित ६ वटा समिति कांग्रेसले पाएको थियो ।

एमालेले चार, माओवादीले दुई, राप्रपा नेपालले एक, फोरम लोकतान्त्रिकले एक र साना दलको तर्फबाट एक सभापति बाँडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment