Comments Add Comment

नियमित कफी पिउनु मुटुका लागि उत्तम

coffeeकोही मानिसले मूड ठिक पार्नका लागि कफी पिउँछन् त कसैले टाउको दुखाई कम गर्न भन्दै पिउँछन् ।

कतिचाहीँ कफी पिउने बहाना बनाउँदै घुम्छन् । तर अब तपाइँलाई कफी पिउने कुनै बहाना बनाउँदै घुम्नुपर्ने आवश्यकता छैन । एक नयाँ शोधले यो तथ्य पत्ता लगाएको छ की कफीले मुटुमा हुने क्षतिलाई कम गर्न सहयोग गर्दछ ।

शोकर्ताहरुका अनुसार दिनमा एकदुई कप कफी पिउने मानिसहरुमा कफी सेवन नगर्ने मानिसहरुको तुलनामा मुटु सम्बन्धी समस्याहरुका कारण मृत्यु हुने सम्भावना २० प्रतिशतले कम हुन्छ ।

हृदयाघात भैसकेका मानिसहरुका लागि समेत कफी निकै लाभदायी हुन्छ र यसले पुनः हृदयाघात दोहोरिने खतरालाई घटाउँदछ ।

शोधकर्ताहरुका अनुसार दिनमा पर्याप्त कफी पिउने मानिसहरुमा मुटुमा रगत प्रवाह गर्ने धमनीमा क्याल्सियम जम्मा हुन पाउँदैन । जसका कारण हृदयाघात लगायतका विभिन्न खाले मुटुरोगको खतरा कम हुन्छ । त्यस्तै नियमित रुपमा कफी पिउनाले टाइप टू मधुमेहको जोखिम पनि कम हुन्छ । त्यस्तै दिनमा कम्तिमा २ कप कफी पिउने मानिसमा मस्तिष्कघातको खतरा पनि कम हुने बताइन्छ ।

तर आवश्यकता भन्दा बढि कफी पिउनु पनि हानिकारक हुन्छ । नछानेको कफी बढि पिउनाले रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढ्ने अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment