Comments Add Comment

प्रचण्डलाई ज्ञापनपत्र बुझाउने तयारीमा मोहन वैद्य

Mohan Baidhya 1३२ साउन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डका राजनीतिक गुरुसमेत मानिने मोहन वैद्य किरणले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट्ने भएका छन् । तर, प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा शुभकामना दिनका लागि हैन, विभिन्न मागसहितको ज्ञापनपत्र बुझाउन ।

रामबहादुर थापा बादलको समूह एमाओवादीमा फर्किए पनि अलग्गै क्रान्तिकारी माओवादी गठन गरेर त्यसको अध्यक्ष रहेका वैद्यले सकुम्वासीहरुको समस्यालाई लिएर प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन् ।

क्रान्तिकारी माओवादीले दिएको कार्यक्रम अनुसार मंगलबार दिउँसो वैद्यको नेतृत्वमा एउटा टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुकुम्वासी समस्याका सम्बन्धमा ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

कठिन परिस्थितिमा प्रधानमन्त्री बनेका प्रचण्डलाई वैद्य विप्लव लगायतका आफ्नै पूर्वनेताहरुले वामपन्थी कित्ताबाट प्रहारको नीति लिएका छन् ।

सर्लाही लगायतका विभिन्न ठाउँमा सुकुम्वासीमाथि सरकारले दमन गरेको भन्दै विप्लव समूहले आन्दोलन गर्दैछ भने वैद्य समूहले पनि सुकुम्वासीका विषयमा प्रचण्ड सरकारलाई दबाव दिने र जनसंघर्षका कार्यक्रमहरु गर्ने नीति लिएको छ ।

विप्लव समूहको विद्यार्थी संगठनले सोमबार र मंगलबार दुई दिन शैक्षिक हडताल गरेर सरकारलाई अप्ठ्यारो पारिरहेको छ ।

यसैवीच रामेछापको दोरम्बामा तत्कालीन शाही सेनाबाट मारिएका कार्यकर्ताहरुको स्मरणमा माओवादी केन्द्रले मंगलबार दिउँसो पार्टी मुख्यालय पेरिसडाँडामा स्मृतिसभाको आयोजना गर्दैछ । सो सभामा प्रधानमन्त्री प्रचण्डसमेत सहभागी हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment