Comments Add Comment

जनकपुरमा अबदेखि बिद्युत कटौती नहुने

electric-line

१ भदौ, जनकपुर । अनियमित लोडसेडिङले आजित रहेको जनकपुर नगरक्षेत्रलाई नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ मुक्त क्षेत्र घोषणा गरेको छ ।

प्राधिकरणले भदौ १ गते मनाउँदै आएको बाषिर्कोत्सवको अवसरमा जनकपुर उपमहानगरपालिकाभित्र विद्युत आपूर्ति नियमित हुने नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र कुमार झाले जानकारी दिए ।

प्राधिकरणले पछिल्लो एक सातादेखि जनकपुरमा लोडसेडिङ मुक्तका लागि परिक्षण समेत गरेको थियो । परिक्षण आपूर्ति सफल भएकाले भदौ १ बाट जनकपुर नगर लोडसेडिङ मुक्त भएको प्रमुख इन्जिनियर झाले बताए ।

जनकपुरलाई साउन १३ गते विद्युत चुहावट मुक्त घोषणा गरिसकाकाले अगामी दिनमा अनियमित विद्युत लोडसेडिंगको समस्या नहुने उनले प्रष्ट पारे ।

प्रमुख इन्जिनियर झाका अनुसार धनुषा जिल्लामा दैनिक ४० मेगावाट विद्युत खपत हुने गरेको छ । त्यसमध्ये जनकपुर नगर क्षेत्र भित्र १२ मेगावाट, जिल्लाको ग्रामिण क्षेत्रमा १३ मेगावाट र १५ मेगावाट उद्योग कलकारखानामा खपत हुने गरेको छ ।

‘भारतको मुजफ्फरपुरबाट दैनिक ५० मेगावाट र कटैयाबाट १ सय २५ मेगावाट ढल्केवर विद्युत स्टेशनमा आपूर्ति भइरहेको छ’, प्रमुख इन्जिनियर झाले भने- ‘उक्त आपूर्तिबाट जनकपुरलाई लोडसेडिंग मुक्त घोषणा गरिएको हो । ६ महिना भित्र धनुषा जिल्लालाई नै लोडसेडिङ मुक्त गर्ने नेपाल विद्युत प्राधिकरणको तयारी रहेको छ । यसका लागि आवश्यक तयारी भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment